४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा बहालवाला प्रहरी निरिक्षक पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत एकजना प्रहरी निरिक्षक पक्राउ परेका छन्।

नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक बिदुर शिवाकोटी यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन्।

आफ्नै घरमा काम गर्दै आएकी एकजना १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार (बलात्कार प्रयास) गरेको आरोपमा शिवाकोटीलाई प्रक्राउ गरिएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।

पक्राउ परेक शिवाकोटलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको बाइएको छ।

काठमाडौं महानगरपालिकाले विद्यालयहरूमा सचेतनामुलक अभियान चलाइरहेको क्रममा ती बालिकाले आफूमाथि यौन दुर्व्यवहार र कुटपिट हुने गरेको सूचना दिएपछि शिवाकोटीलाई पक्राउ गर्न महानगरपालिका, बाल अधिकारकर्मी, स्वयम्भु प्रहरी लगायतको टोली परिचालित भएको थियो।

ती बालिकालाई भने उद्धार गरी सुरक्षा गृहमा राखिएको छ।

प्रकाशित: २४ जेष्ठ २०८१ १०:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App