१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

कस्तो छ तपाईंको आजको राशफिल?

मेष राशिः वाणी प्रभाव बढ्ने छ। शत्रु बाधा हरण हुनेछ। धन सन्चित हुने समय छ। यात्रामा हिँड्दा मतभिन्न हुन सक्ने हुँदा, जोगिनु होला। पराक्रमबाट कार्यसिद्धि हुनेछ। बिलासी खर्च नगर्नु नै वेस हुन्छ।

वृष राशिः सम्मान प्राप्त हुने दिन छ। अध्ययनको क्षेत्रमा दिन राम्रो  छ। धन आर्जन हुने योग छ। स्वःकार्यमा फल प्राप्त हुने छ। आफन्त, मित्रहरुसँग शुभ भेटघाट हुने छ। व्यापार व्यवसाय फलदायी देखिन्छ। 

मिथुन राशिः लेखनमा वृद्धि हुने देखिन्छ। स्वास्थ्यको विषयमा हल्का धन खर्च हुने समय छ। लगानीहरु प्राप्त हुने देखिन्छ। बिलासी सम्बन्धी व्यापारको कार्य आरम्भ गर्नु होला। तीर्थयात्रामा शुभ फल प्राप्त हुने योग छ।

कर्कट राशिः भाइहरुसँग प्रेम सद्भाव रहने छ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। भोज र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। आँखामा  सामान्य बिकार आउने देखिन्छ। पढाईमा रुची बढ्ने छ।

सिंह राशिः आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। भूमि सम्बन्धी व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुने छ। अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ। धार्मिक कार्यमा रुची बढ्ने छ।

कन्या राशिः साथीहरुबाट खर्च हुने देखिन्छ। कामगर्दा विचार पुर्‍याएर गर्नु पर्नेछ। शिर रोग देखापरी स्वास्थमा समस्या आउन सक्ने हुँदा सचेत रहनु होला। मित्रसँग वैचारिक मेलको योग रहेको छ। जग्गा सम्बन्धी व्यापारमा मध्यम योग छ।

तुला राशिः धातु सम्बन्धी काममा राम्रो योग छ। पराक्रमबाट कार्यसिद्धि हुने दिन छ। पूर्ण आर्थिक लाभ हुने दिनछ। साहित्य, लेखनमा राम्रो छ। व्यापार व्यवसाय गर्नेलाई भने दिन राम्रो छ।

वृश्चिक राशिः निरन्तर प्रयासले कार्य सफल हुनेछ। अध्ययनमा सफलता। लामो यात्रामा निस्कदै हुनुहुन्छ भने दिनको पूर्वार्ध मै गर्नुहोला। रमाईलो भेटघाटमा सहभागी हुनु पर्ने छ। स्वास्थ्यको विषयमा ध्यान दिनु पर्ने समय छ।

धनु राशिः वस्त्र उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्न मिल्ने योग छ। सामान्य कर्ण रोग देखा पर्न सक्ने छ। विद्यार्थीका लागि पढाई, यात्राको समय रहेको छ। पारिवारिक सदस्यबीच शुभ सम्बन्ध रहने छ।

मकर राशिः विद्यार्थीका लागि पढाइमा रुची बढ्ने छ। धार्मिक कार्य गर्नु शुभ छ। स्वदेश तथा विदेश यात्राको समय छ। व्यापार व्यवसायमा मनग्गे फाइदा देखिन्छ। उन्नती प्रगति गर्ने दिन छ।

कुम्भ राशिः सामान्य चर्म रोग देखा पर्न सक्ने छ। आफन्तबाट धन खर्च योग छ। स्वास्थमा हल्का सुधार आउने छ। वैदेशिक यात्राको योग देखिन्छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्ने योग छ।

मीन राशिः राजनीतिक क्षेत्रमा मान,सफलता मिल्नेछ। विद्यार्थीका लागि पढाईमा रुचि बढ्ने छ। समाजिक पद र सम्मान मिल्नेछ। वाणी सफल हुने योग छ। भूमि क्रयको योग छ। आर्थिक खर्च हुने दिन छ।

प्रकाशित: २० जेष्ठ २०८१ ०६:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App