१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सुर्खेत जिप दुर्घटनाः मृत्यु हुनेको संख्या ४ पुग्यो

सुर्खेतमा आज बिहान भएको जिप दुर्घटना परी घाइते भएका थप दुई जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ४ पुगेको छ।

जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको थियो।

दुर्घटनामा परी कालीकोट जिल्ला शुभकालीका गाउँपालिका ३ का नमराज विक, तन्त विक र उनका छोरा बिरेन्द्र विकको घटना स्थलमै मृत्यृ भएको प्रहरीले जनाएको छ। मृत्यु भएका अर्का एकजनाको भने सनाखत हुन सकेको छैन।

यस्तै कालीकोटका नरि विक र सवारी चालक नरेन्द्र विष्टलाई उपचारको लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको घाइते नरि विकका दाजु गोपाल विकले जानकारी दिए।

प्रकाशित: १७ जेष्ठ २०८१ ०७:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App