१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कस्तो छ तपाईंको आजको राशिफल?

मेष राशिः उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्न मिल्ने योग छ। सामान्य उदर समस्या देखा पर्न सक्नेछ। आर्थिक लाभको समय छ। पढाइमा शुभ छ। पराक्रमबाट कार्यसिद्धि हुने देखिन्छ। आफन्तसँग शुभ भेटघाट हुने छ।

वृष राशिः भूमिक्रय र गृह निर्माणको योग छ। व्यापार व्यवसायमा व्यय देखिन्छ। आँटेको कार्यमा केही ढिला हुने छ। ज्ञानको क्षेत्रमा रुचि बढ्ने छ। वाणी प्रभाव वढ्ने छ।

मिथुन राशिः स्वास्थमा केही सुधार देखिने छ। विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। बिलासी सम्बन्धी व्यापारको काममा फल राम्रो होला। उपलब्धीपूर्ण आर्थिक लाभ हुनेछ। विचारको वृद्धि हुने देखिन्छ।

कर्कट राशिः व्यापारमा राम्रो फल प्राप्त हुनेछ। बाहिरी कार्यमा धन व्यय हुने योग देखिन्छ। अध्ययनको क्षेत्रमा राम्रो फल प्राप्त नहोला। आँखामा सामान्य बिकार आउने देखिन्छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ।

सिंह राशिः सामान्य आर्थिक लाभ हुने दिन छ। अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। अपरिचित व्यक्तिबाट कार्यमा केही बाधा गर्न सक्छन्। उन्नतीशील समय छ।

कन्या राशिः प्रयास गर्दा नयाँफल प्राप्त हुने देखिन्छ। यात्राको समय रहेको छ। जग्गा सम्बन्धी काममा धन खर्च हुनेछ। यात्रा गर्दा दिनको पुर्वाद्र्धमा नै गर्नु होला। मित्रहरुबाट कार्यसिद्धि योग रहेको छ।

तुला राशिः जग्गासम्वन्धी काममा फल प्राप्तिको योग छ। स्वदेश एवं विदेश यात्राको योग रहेको छ। व्यापार व्यवसायमा फल प्राप्तिको समय छ। नवीन कार्यमा हात नहाल्नु राम्रो छ। पारिवारिक सदस्यबीच शुभ सम्बन्ध रहने छ।

वृश्चिक राशिः काम गर्दा विचार पुर्‍याएर गर्नु पर्ने छ। साथीहरुबाट हल्का व्यय हुने योग देखिन्छ। साधारण समस्या देखा परी स्वास्थमा वाधा आउला। अध्यापनमा सफलता मिल्ने छ। समाजमा प्रतिष्ठा र सम्मान मिल्ने छ।

धनु राशिः पारिवारिक सदस्यबीच शुभ सम्वन्ध रहने छ। विद्यार्थीका लागि पढाई दोहोर्याउनु पर्ने हुन सक्छ। उद्योगमा आर्थिक लगानी गर्दा फल त्यति नमिल्ने योग छ। टाउकोमा सामान्य समस्या देखा पर्न सक्नेछ।

मकर राशिः धार्मिक कार्य गर्नु शुभ छ। आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। अध्यनार्थीका लागि पढाइमा रुची बढ्ने छ। उन्नति प्रगतिमा केही अवरोध देखिनेछ।

कुम्भ राशिः वैदेशिक यात्राको योग देखिन्छ। समाजिक पद प्रतिष्ठा र सम्मान मिल्ने छ। राजनीतिक भ्रमणमा विवाद हुन सक्ने हुँदा, त्यसबाट जोगिनुहोला। बिलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ। आफन्तबाट धन व्यय हुनेछ।

मीन राशिः व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुने छ। अध्ययनमा सफलता मिल्ने छ। स्वास्थ्यका कारणले धन हानी हुने समय छ। व्यापारिक लगानीको असर मिल्नेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।

प्रकाशित: १७ जेष्ठ २०८१ ०६:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App