२ असार २०८१ आइतबार
image/svg+xml
समाज

अध्ययन भन्छ: तिलौराकोटमा पर्यटकहरू ३९ मिनेट मात्र बिताउँछन्

खुला संग्रहालयका रुपमा रहेको प्राचीन कपिलवस्तु पर्यटकीय लाभबाट बंचित हुँदै आएको छ। जिल्लामा बुद्धसंग सम्बन्धित मात्र डेढ सयका हाराहारीमा स्थलहरू छन्। तर ती स्थलहरूको प्रचारप्रसार र पूर्वाधार अभावमा जिल्ला पर्यटकीय लाभबाट बंचित बनेको हो। लुम्बिनी आउने पर्यटक मध्ये न्यून मात्र कपिलवस्तु त्यसमा पनि तिलौराकोट मात्र आउने गर्छन्। त्यसमा पनि प्राचीन कपिलवस्तु स्थित बुद्धको क्रिडास्थल तिलौराकोट दरबारमा निकै कम समय बिताएर पर्यटकहरू फर्कने गरेका छन्।

बुद्धको पिता राजा शुद्धोदनको राजप्रसाद तिलौराकोटमा गरिएको स्थलगत अध्ययन र अनुसन्धानले सो तथ्य देखाएको हो। जापनिज ट्रष्ट ईन फण्डको सहयोगमा बेलायतको दुर्हम विश्व विद्यालय, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषको संयुक्त टोलीले एक दशक सम्म उत्खननसँगै गरेका अध्ययनले तिलौराकोट आउने पर्यटकका बिषयमा सो कुरा देखाएको हो। अध्ययनले तिलौराकोटमा आउने चार प्रकारका आगन्तुकहरूले औसत ३९ मिनेट मात्र समय बिताउने गरेको देखाएको छ। यसबाट पनि प्राचीन कपिलवस्तु पर्यटकीय लाभबाट बंचित रहँदै आएको देखिएको छ।

कोरोना काल अघि २००७ सालसम्म तिलौराकोटमा पर्यटकको संख्या बढै गए पनि त्यस यता भने कमी हुँदै आएको छ। तिलौराकोटको पश्चिमी, पूर्वी द्वार र मुख्य दरबारमा पुगेर केही समयमै फर्किने गरेका छन्। पर्यटकहरू तिलौराकोटको दयनीय अवस्था देखेर निराश बनेर फर्कने गरेका छन्। पर्यटकहरूलाई आकर्षण गर्ने खालको वातावरण नहुँदा उनीहरु धेरै बेर बस्ने अवस्था नभएको पुरातत्वविद्हरु बत्ताउँछन्।

‘अपार सम्पदा भईकन पनि पर्यटकलाई लोभ्याउन नसकेका छैनौँ ’ लुम्बिनी विकास कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले भने ‘कसरी यहाँ बसाई लम्बाउने तिर योजना बनाएर लाग्नु पर्छ , अवस्था निराशाजनक छ’ उनले भने, सबै सरोकारवाला लागेर पर्यटन प्रवर्द्धन गर्नु पर्छ। पर्यटकले केवल १ सय १० रुपैयाँ मात्र खर्च गर्ने गरेको अध्ययनको संक्षिप्त प्रतिवेदनका बिषयमा जानकारी दिँदै वरिष्ठ पुरातत्त्व कोष बिद कोष प्रसाद आचार्यले बताए।

‘पर्यटकसँग सोधपुछ र अध्ययन पछि निराशाजनक अवस्था देखिएको छ’ उनले भने। औसत १५ जनाको समुहमा आउने आगन्तुकहरू मध्ये ९० प्रतिशत बढी केही समय बिताएर बाहिरिने गरेका छन्। ७ प्रतिशत मात्र तौहिलावमा र बाकी ७० प्रतिशत बढी लुम्बिनीमा फर्कने गरेको छन्। ती पर्यटक तौहिलावमा बसेको भए १ हजार ५ सय खर्च तिनीहरूले १ हजार ५ सयका दरले खर्च गर्ने अध्ययनले देखाएको थियो। म्यानमार, श्रीलङ्का, भारतबाट यहाँ बढी पर्यटक आउने आउँछन्। धरै पर्यटक धार्मिक दृष्टिले आउने गरेका छन्। आधा जति पहिलो पटक र २० प्रतिशत एक भन्दा बढी तथा ६ पटक भन्दा बढी समेत यहाँ पर्यटक आएको भेटिएको थियो।

४६ प्रतिशत कार र बाकी सार्वजनिक सवारीमा आउने गरेका छन्। धेरैजसो तिलौराकोट, कुदान लगायतका क्षेत्रमा भ्रमण गर्न प्याकेजका रुपमा आउने गरेको पाइएको छ। एक तिहाइ बढी भारतको कुशीनगर र बोधगया गएर आउने गरेको छन्। तिलौराकोट भ्रमण पछि जिल्लामा रहेका अन्य बुद्धथलहरु निकै कम मात्र जाने गरेका छन्। तिलौराकोटको ५ सय मिटर उत्तरमा रहेको मायादेवी र शुद्धोदनको समाधीस्थल भनिएको धमनिया स्तूपमा ११ प्रतिशत पर्यटक मात्र जाने गरेका छन्।

तिलौराकोट जाने बाटोमै रहेको कपिलवस्तु संग्रहालयमा तिलौराकोट आएका ९ प्रतिशत मात्रले अवलोकन गर्ने गरेका छन्। पर्यटकीय क्षेत्र भए पनि पूर्वाधार अभावका साथै सुन्दरीकरण नभएकाले जिल्लामा प्रशस्त सम्भावना रहे पनि पर्यटकीय लाभ लिन नसकेको पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत राम बहादुर कुवरले बताए। ‘पर्यटकलाई भुल्ने ठाउँ नै छैन, त्यसैले उनीहरु आएको केही बेर मै फर्किने गरेका छन्’ उनले भने।

पर्यटकीय स्थलहरूको पूर्वाधार विकास र बास बस्ने राम्रो होटेल सञ्चालन भए जिल्लामा ३ दिन सम्म पर्यटकहरू बस्न सक्ने सम्भावना देखिएको उनले बताए। पर्यटकले पर्याप्त समय नबिताउँदा यहाँको पर्यटन विकासले गति लिन सकेको छैन। ‘पर्यटन व्यवसाय फस्टाउनका लागि पर्यटक टिकाउने वातावरण बनाउनु पर्छ’ पर्यटन व्यवसायी दिनेश रायमाझीले भने,’ ‘यहाँको पर्यटकीय सम्पदाबाट व्यवसायीले थोरै पनि फाइदा लिन सकेका छैनन्।’

‘तिलौराकोट आसपासका क्षेत्रमा भौतिक पूर्वाधारको ठूलो अभाव छ’ उनले भने,’ ‘त्यस कारण यहाँ पर्यटक बस्ने अवस्था छैन।’ ‘बस्ने, खाना खाने सुविधा छैन’ उनले भने,’ ‘आउन नपाउँदै लुम्बिनी फर्किन्छन्।’ ‘सरकार, व्यवसायी र कल्याणकारी संघ संस्था सबै लागेर धेरै गर्न सक्छौँ’ तौलिहवा उद्योग वाणिज्य संघ अध्यक्ष गयाद्दिन कुर्मीले भने,’ ‘पर्यटकको बसाई लम्बाउन मात्र सक्यौँ भने यस क्षेत्रका नागरिक रोजगारीका लागि अन्त्य जानु पर्दैन।'

गत बर्ष पाँच हजार बढी विदेशी पर्यटकले तिलौराकोट अवलोकन गरेका थिए। लुम्बिनी बिकास कोषका परिषद् सदस्य गोपीकृष्ण शर्माले दुई तीन बर्ष यता तिलौराकोटमा गरिएको सरसफाइ अभियानले तिलौराकोट सुन्दर र सफा देखिएको बताए। उत्खननसँगै निर्माण गरिएको काठको बाक वे ले पर्यटकको मन खिचेको बताए। सरकारी योजना अनुसार तिलौराकोटलाई आउने केही बर्ष भित्रै विश्व सम्पदा सुचीमा सुचीकृत गर्न युनेस्केको प्रस्ताव दर्ता गराइएको बताए। 

प्रकाशित: १० जेष्ठ २०८१ १७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App