२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता : टपरीमा टीकादेवी र धुपबत्तीमा सुकमाया प्रथम

ताप्लेजुङ पर्यटन महोत्सवको दोस्रो दिन टपरी गाँस्ने र धुपबत्ती काट्ने प्रतियोगिता आयोजना गरिएको छ। धुपबत्ती बाट्ने प्रतियोगितामा सुकमाया फुरुम्बु प्रथम, कृष्णमाया कार्की द्वितीय र राधिका खवास तृतीय भएकी छन्।

धुपबत्ती बाट्ने प्रतियोगिताका संयोजक अञ्जना कडरियाका अनुसार प्रतियोगितामा १७ जना सहभागी थिए।

उता टपरी बुन्ने प्रतियोगितामा टीकादेवी भट्टराई प्रथम, विष्णुमाया गिरी द्वितीय र दिलमाया तामाङ तृतीय भएकी छन्। टपरी बुन्ने प्रतियोगिता संयोजक मात्रिकादेवी प्रसाईका अनुसार प्रतियोगितामा २२ जना सहभागी थिए।

नयाँ पुस्तालाई दैनिक जीवनमा आइपर्ने सीप पुस्तान्तरणको उद्देश्यसहित टपरी गाँस्ने र धुपबत्ती बाट्ने  प्रतियोगिता सञ्चालन गरिएको हो।

नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले पछिल्लो पुस्तामा बत्ती बाट्ने र दुना–टपरी गाँस्ने सीपको ज्ञान कमै रहेकाले सीप पुस्तान्तरणका लागि प्रतियोगिता आयोजना गरिएको बताए।

शनिबार डोको बुन्ने प्रतियोगिता हुने महोत्सव मूल आयोजक समितिका सदस्य–सचिव देवराज गुरुङले जानकारी दिए।

प्रकाशित: ४ जेष्ठ २०८१ १८:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App