१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

तपाईंको आजको राशिफल

मेष राशिः व्यापारमा कम फल प्राप्त हुने देखिन्छ। नयाँ कार्यमा थोरै बाधा आउला। सामान्य मतान्तर हुन सक्ने हुँदा, जोगिनु नै बेस हुनेछ। स्वास्थ्यमा हल्का बिकार आउने देखिन्छ। अध्ययनमा भने राम्रो छ।

वृष राशिः व्यवसायमा शुभ देखिन्छ। सहयोग लिएर काम नगरी आफै कार्य आरम्भ गर्नु उत्तम हुनेछ। सामाजिक मान प्रतिष्ठा मिल्ने छ। लगानी गर्नुभयो भने प्रतिफल राम्रै हात लाग्नेछ। प्रभुत्व बढाउन सफल भइने छ।

मिथुन राशिः पढाई राम्रो हुने दिन छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। मित्रहरुबाट कार्यसिद्धि योग रहेको छ। उन्नती हुने दिन देखिन्छ। व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला।

कर्कट राशिः उन्नति प्रगति हुने दिन छ। वाणी सफल हुने समय छ। स्वदेश यात्राको योग पनि देखिन्छ। रमाईलो भेटघाटमा सहभागी हुन पाइनेछ। अग्रजमा सामान्य समस्या देखा पर्न सक्ने छ। धार्मिक कार्य गर्नु शुभ देखिन्छ।

सिंह राशिः परिवार, दाजुभाइबीच प्रेम सद्भाव रहने छ। अध्यापनमा सफलता मिल्ने योग छ। शिरसम्बन्धी सामान्य बिकार देखिन सक्छ। परिबारमा अर्थ व्यय हुने योग देखिन्छ। कार्यमा प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। 

कन्या राशिः दान तथा धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। व्यवसायमा लगानीबाट कम लाभ प्राप्त हुनेछ। पढाइको क्षेत्रमा दिन राम्रो रहेको छ। वाणी प्रभाव वढ्ने योग छ। तीर्थ यात्रामा शुभ फल प्राप्त हुने छ।

तुला राशिः धन आर्जन हुने देखिन्छ। राजनीति क्षेत्रमा शुभ छ। जग्गा सम्वन्धी काम र व्यापार व्यवसायमा फल प्राप्तिको समय छ। अध्ययनमा पनि सोचेअनुसारको सफलता हासिल हुने देखिन्छ।

वृश्चिक राशिः राजनीतिमा सफलता मिल्ने छ। नयाँ कार्यसिद्धिमा सामान्य बाधा छ। आर्थिक लाभ हुनेछ। अध्ययनमा सफलता मिल्ने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने योग छ। धार्मिक कार्यमा रुचि बढ्ने छ।

धनु राशिः अध्ययन र लेखनमा सफलता मिल्ने छ। बिलासी कार्यमा प्रवेश नगर्नु राम्रो छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। व्यापार व्यवसाय गर्नेहरुलाई राम्रो दिन छ । वैदेशिक यात्राको योग शुभ देखिन्छ।

मकर राशिः वैदेशिक यात्रामा भाग्य राम्रो छ। व्यापारको क्षेत्रमा आर्थिक लगानि सोचेर गर्नु होला। सामान्य बाधा देखा पर्नेछ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। विद्यार्थीहरुकालागि पढाई राम्रो हुने छ।

कुम्भ राशिः आफन्तहरुसँग शुभ भेटघाट हुनेछ। आर्थिक यात्रामा प्रवेश गर्नु ठीक होला। वैदेशिक यात्राको योग देखिन्छ। व्यवसायमा कम फल प्राप्तिको समय छ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ।

मीन राशिः साथीभाईसँगको भेटघाट रमणीय हुनेछ। नविन कार्यमा हात नहाल्नु होला। कार्यसिद्धिमा केहिकमी हुने योग छ। अध्यनार्थीहरुलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। बिचारपूर्वक कार्य गर्नुहोला।

प्रकाशित: ३ जेष्ठ २०८१ ०६:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App