२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

इतिहासकार ज्ञानमणि नेपालकाे ९१ वर्षको उमेरमा निधन

इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ। मंगलबार उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा नेपालको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। नेपाल ९१ वर्षका थिए। 

१० दिनअघि नेपाललाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो। नयराज पन्तका शिष्य ज्ञानमणि नेपालको चर्चित पुस्तक हो नेपालको महाभारत। त्यस्तै नेपाल निरुक्त,यात्रा त्रयी,नेपाल निरुपण,नेपाल-भोटचीनसम्बन्धनका केही सांस्कृतिक पक्ष पनि नेपालले लेखेका उल्लेखनीय पुस्तक हुन्।

नेपाल नेपाली इतिहास लेखनको खोज र अनुसन्धानमा अग्रणी मानिन्छन्। नेपालका २ छोरा छन्।

प्रकाशित: १ जेष्ठ २०८१ १३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App