१० माघ २०८२ शनिबार
image/svg+xml
समाज

पेस्तोल देखाएर ८० लाख लुटपाट गर्ने दुई पक्राउ

सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतो ।

जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जना पक्राउ परेका छन्।

रकम लुट्नेमा संलग्न रहेको आरोपमा जनक महतो र श्रवण कापरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले केही रकम समेत बरामद गरेको जनाएको छ।

गत वैशाख ४ गते धनुषाको सबैला १२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम-१९ मा पेस्तोल देखाएर ८० लाख लुटेका थिए।

प्रहरीले यस सम्बन्धमा अवयस्क अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: ३० वैशाख २०८१ १८:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App