४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

फेवातालमा सशस्त्र प्रहरीको उद्धार अभ्यास

जलउत्पन्न प्रकोप तथा खोँचमा गरिने उद्धारको फेवातालमा नमूना अभ्यास गरिएको छ। सशस्त्र प्रहरी बलको मुक्तिनाथ बाहिनीले कृत्रिम नमुना अभ्यास आयोजना गरेको हो ।  

अभ्यासमा मुक्तिनाथ बाहिनी अन्तर्गतका विभिन्न गण तथा गुल्ममा कार्यरत विपद् उद्धारकहरु एवं कालिका गणमा रहेका विशेष गोताखोर टोलीले भाग लिएका थिए।

सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनीका बाहिनीपति डिआईजि कालीदास धौवजीले विपद् उद्धारकको क्षमता अभिवृद्धि गर्न प्रदेश एवं स्थानिय सरकार थप जिम्मेवारीका साथ कटिवद्ध हुनुपर्ने  बताए।  

कालिका गणका गणपति एसपि अरुण पौडेल शर्माले यस किसिमका नमुना अभ्यासले फौजप्रति सर्वसाधारण जनताको विश्वास एवं भरोसा बढ्नुका साथै उद्धारकमा समेत आइपरेको बेला आत्मवल बढ्ने र उद्धार कार्यमा निखारपन आउने बताए।

प्रकाशित: १८ वैशाख २०८१ १३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App