४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

सुर्खेतमा बस दुर्घटना हुँदा १९ घाइते

सुर्खेतमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। नेपालगन्जबाट जाजरकोट जादैँ गरेको ना.४ ख.९३१७ नम्बरकाे बस आज बिहान ३ बजेतिर सुर्खेतको सिम्ता गाऊँपालिका-३ मस्तरामा दुर्घटना भएको प्रहरीले बताएको छ। 

रुकुमको आठबिसकोट  गाऊँपालिका-४ का २४ बर्षिय प्रकाश मल्लले चलाएको उक्त बस आफै अनियन्त्रित भएर  दुर्घटनामा परेको प्रहरीको भनाइ छ।  

दुर्घटना हुँदा बसमा रहेका १९ जना सबार सामान्य घाइते भएका र उनीहरु सबैको स्थानीय अस्पतालमा उपचार भैइरहेको छ। घाईते भएका मध्ये ११ जना उपचारपछि डिस्चार्ज भएका छन् भने अन्य ८ जनाको उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।  घाइते सबैको अवस्था सामान्य रहेको छ।  

प्रकाशित: १८ वैशाख २०८१ १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App