७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

वैशाख ७ गतेसम्मका लागि बैतडीकाे झुलाघाट नाका बन्द

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द हुने भएको छ। भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए। 

अप्रिल १९ तारिख (वैशाख ७ गते) उत्तराखण्ड राज्यमा  लोकसभाका लागि निर्वाचन हुँदैछ। उक्त निर्वाचनलाई मध्यनजर गर्दै आज साँझ ६ बजेदेखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने प्रजिअ शर्माले बताए। सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ।

नाका बन्द गर्नका लागि भारतीय अधिकारीसँग यसअघि नै समन्वय भइसकेको छ। कुनै देशमा चुनाव हुँदा  सीमा बन्द गर्ने चलन छ।

प्रकाशित: ४ वैशाख २०८१ १४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App