२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बुबाको क्रियाका लागि माइत आएकी महिलाको हत्या

धनुषाको सहिदनगर नगरपालिका–४ ननुपट्टीस्थित गहुँ खेतमा एकजना महिलाको शव फेला परेको छ।

आज बिहानै जनकपुर–यद्दुकोहा सडकको छेउमा रहेको गहुँ खेतमा धनुषाकै हँसपुर नगरपालिका–७ नौवाखोरकी अन्दाजी ५५ वर्षीया शुभ मण्डलको शव फेला परेको धनुषा प्रहरीले जनाएको छ।

उनको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। स्थानीयले उनको शव खेतमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले ईलाका प्रहरी कार्यालय यदुकोहाबाट प्रहरी टोली घटना स्थल पुगेको छ।

मृतक महिलाको परिवारले शनिवार साझदेखि छोरी सम्पर्कमा नरहेको भन्दै खोजीका लागि आज बिहान मात्रै प्रहरीमा उजुरी दिएका थिए।

मृतक महिलाको टाउकोमा दुई ठाउँमा काटिएको छ। उनले लगाएको गरगहना समेत लगिएको छ। हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाइएको छ।

बुबाको मृत्यु भएपछि उनी क्रिया गर्न माइत आएकी थिइन्।

प्रकाशित: २ वैशाख २०८१ १०:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App