१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गुराँस वन फडानी रोक्न माग

गुराँसको राजधानी भनिने तीनजुरे–मिल्के–जलजले क्षेत्रमा गुराँस वन फडानी रोक्न माग गरिएको छ। 

दुईवटा सामुदायिक वनमा डोजरले जथाभावी रुख ढलाइरहेको भन्दै एक प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालयमा ‘गुराँस वन फडानी रोकी पाउँ’ भनी निवेदन दिएको हो।

यहीँ चैत २८ गते बुधबार तीनजुरे हात्तीसार सामुदायिक वनका उपभोक्ता सूर्जबहादुर तामाङ र लालसिं मोक्तानको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय सङ्खुवासभालाई पत्र लेखी त्यसको बोधार्थसमेत सरोकारवाला अन्य पाँचवटा निकायमा पठाएका छन्।  

कोशी करिडोर २२० केभी प्रशारण लाइन निर्माणका क्रममा सरोकारवाला सामुदायिक वनका उपभोक्तालाई बिनाकुनै जानकारी रुख काटेर गुराँस वन फडानी गरेको भन्दै उपभोक्ताले आपत्ति जनाएका हुन्। 

जिल्ला प्रशासन कार्यालयले तीन दिनभित्र गुराँस वनको डोजर हटाउन र रुख कटान बन्द गराउन सामुदायिक वनका उपभोक्ताले माग गरेको निवेदनमा उल्लेख गरिएको छ।

 माग सुनुवाइ नभए सामुदायिक वनका उपभोक्ता कडा आन्दोलनमा जान बाध्य हुने निवेदनमा लेखिएको छ।

कोशी करिडोरले बिजुली पोल जडानका लागि आर्थिक वर्ष २०७७/७८ मा छ सय २९ रुख कटान गर्ने सम्झौता गरेको र यसका लागि करिब १० लाख कटान खर्च उपलब्ध गराएको तीनजुरे हात्तीसार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बरबहादुर बुढाथोकीले बताए।

 सम्झौता भए लगत्तै ६२९ रुख काटिएको भए पनि अहिले बिना सम्झौता हजारौँ रुख काटिएको उनको आरोप छ। 

यसैगरी पाथिभरा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डिकबहादुर बानियाँले समेत गुराँस वन फडानी भइरहेको जानकारी दिए। -रासस

प्रकाशित: ३० चैत्र २०८० १५:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App