१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पानी परेपनि काठमाडौँको वायु प्रदूषण अस्वस्थकर, सफा हुन समय लाग्ने

काठमाडौँको वायु प्रदूषण अझैपनि घातक स्तरमै रहेको छ। एक्यू एयरका अनुसार अहिले मध्याह्न १२ बजे काठमाडौँको वायु प्रदूषणको तह १६६ मापन गरिएको छ। जस अनुसार काठमाडौँ अहिले पनि विश्वको तेस्रो सबैभन्दा धेरै प्रदूषित सहर मानिएको छ। जसलाई स्वास्थ्यको हिसाबले खतरायुक्त मानिन्छ। 

बिहीवार भएको वर्षाले काठमाडौं उपत्यकाको धुवाँ धुलोको मात्रामा केही कमी आएपनि अझै विभिन्न स्थानमा लागेको डढेलो र स्थानीय प्रदूषणका कारण प्रदूषणको दर पूर्ण रुपले घट्न सकेको छैन।

केही दिनदेखि वायु प्रदूषणको उच्च जोखिमको स्तरमा रहेको काठमाडौं उपत्यकाको वायु प्रदूषण अझैपनि अस्वस्थकर नै रहेको छ।

धुवाँले छोपेको आकाशमा डढेलोको धुँवा मिसिँदा जनजीवन अझै पनि प्रभावित बनिरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार काठमाडौँको वायु प्रदूषणको दर घट्न अझै केही समय लाग्ने छ।

काठमाडौँ उपत्यकाको मौसम कस्तो रहला ?

काठमाडौँ उपत्यकाको मौसम अहिले सफा छ। उपत्यकामा अहिले घाम लागेको छ। आकाश पनि सफा छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् पुडासैनीका अनुसार अहिले काठमाडौँ उपत्यकाको मौसम सफा रहेको बताएका छन्।

पुडासैनीले भने, ‘आज उपत्यकामा अपराह्न पछि मौसम आंशिक रुपमा बदली भई साँझसम्म छिटपुटदेखि हल्कासम्म वर्षा हुने सम्भावना छ।’

आज हिजोको तुलनामा कम वर्षा हुने भन्दै उनले अहिले प्रि मनसुनको समय भएकाले धेरै वर्षा हुने सम्भावना नरहेको बताए।  

मौसमविद्का अनुसार १० देखि ५० मिलिमिटरसम्म मात्र वर्षा हुनुलाई मध्यम वर्षा भनिन्छ। यसैबीच आज बिहान ५ः४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस छ,भने पार्दशिता ४५०० मिटर रहेको छ।  

उनका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २८ देखि ३० डिग्रीसम्म पुग्ने अनुमान छ।  

प्रकाशित: ३० चैत्र २०८० ११:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App