२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एपिएफको गोदामघरमा लागेको आगो झन्डै ९ घन्टा पछि नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी

सशस्त्र प्रहरी बल नेपालको भण्डार महाशाखा अन्तर्गत रहेको केन्द्रिय स्टोरको काठमाडौं बलम्बुस्थित गोदामघरमा लागेको आगो नियन्त्रणमा आएको छ।

सोमवार अपराह्न ४ः ५० बजेतिर आगलागी भएकोमा विभिन्न स्थानहरूबाट खटिएको दमकल र पानी ट्याङ्करको सहायतामा आगो आज बिहान २ बजेतिर मात्रै नियन्त्रणमा लिईएको हो।

प्रारम्भिक रुपमा विद्युत सर्ट भइ आगलागी भएको अनुमान गरिएको र यस विषयमा विस्तृत छानविन गरी प्रतिवेदन पेश गर्नका लागि कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको अध्यक्षतामा नौँ सदस्यीय आन्तरिक छानविन समिति गठन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

जिन्सी सामान (टेन्ट तथा लत्ताकपडा) हरु राख्ने गोदामघर भएकोले के–कति मात्रामा क्षति भयो भन्ने कुरा विस्तृत अध्ययनपछि मात्रै यकिन हुने बताइएको छ।

प्रकाशित: २७ चैत्र २०८० ०९:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App