२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई समूहबीच झडप हुँदा सुनसरीमा हवाइ फायर, स्थानीय प्रशासनले लगायो कर्फ्यू

सुनसरीको हरिनगर गाउँपालिका– १ भुटाहामा दुई समूहबीच झडप भएको छ।

हरिनगर गाउँपालिका– १ भुटाहामा बिहीबार एक युवकमाथि निर्घात कुटपिट भएको थियो। सोहि घटनाले उग्ररुप लिएपछि प्रहरी हवाइ फायर गरेको छ भने अश्रूग्यास पनि प्रहार गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नविन कृष्ण भण्डारीका अनुसार  स्थानीय प्रशासनले आज १२ बजेदेखि भोलिबिहान ७ बजेसम्म कर्फ्यू जारी गरेको छ।

प्रशासनले जारी गरेको कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शनमा उत्रेपछि प्रहरीले हवाइ फायर र अश्रूग्यास पनि प्रहार गरेको हो। 

प्रकाशित: २३ चैत्र २०८० १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App