१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

दोलखामा ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको कालिञ्चोक गाउँपालिका-२ बाबरेमा शुक्रबार बिहान ट्र्याकटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

बाबरेबाट सिंगटी तर्फ आउँदै गरेको लु ३ त १७१४ नम्बरको ट्र्याकटर शुक्रबार बिहान कालिञ्चोक गाउँपालिका वडा नं २ स्थित कुतिस्याङ भन्ने स्थानमा दुर्घटनामा पर्दा ट्र्याकटरमा सवार सोही वडाकी ३६ बर्षीया सञ्चीमाया थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

जिल्ला प्रहरीका प्रवक्ता इन्स्पेक्टर जीवन श्रेष्ठका अनुसार घटनामा परी ४ जना घाइते भएका छन्। घाइतेहरूको भीमेश्वर नगरपालिका २ स्थित दोलखा बजारमा रहेको धुलिखेल अस्पतालमा उपचार भइरहेको श्रेष्ठले जानकारी दिए। 

ट्र्याकटरका चालक अबराम थामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २३ चैत्र २०८० १३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App