२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

१३ लाख हुण्डी रकम सहित २ पक्राउ

हुण्डी रकमसहित बारा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका-१ बरियारपुरका रमेश कुशवाहा र पर्सा पोखरीया नगरपालिका-१ बनकटवाका हरिकिशोर पटेल रहेकाे प्रहरीले जनाएकाे छ।

बाराका प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार पटेल भारतबाट मोटरसाइकलमा हुण्डीको रकम लिएर आउँदै गर्दा पक्राउ परेका थिए। उनलाई प्रहरीले सीमावर्ती गाउँ मुसहर्वाबाट सोमबार पक्राउ गरेको हो। उनको साथबाट १३ लाख ५० हजार हुण्डी रकम बरामद भएको उनले जनाए।

पक्राउ पश्चात् बयानका क्रममा पटेलले सो रकम कुशवाहाको भएको बताएका थिए। सोही अनुसार अनुसन्धानका क्रममा कुशवाहालाई पनि नियन्त्रणमा लिइएको काफ्लेले सुनाए।

काफ्लेका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा कुसवाहाले रेमिटेन्स छल्न ती रकम भारतमा गैर बैंककिङ प्रक्रियाबाट मगाउने गरेको र भारतबाट सो रकम हुण्डी मार्फत नेपाल मगाउने गरेको खुल्न आएको छ।

अनुसन्धानको क्रममा पक्राउ परेका कुशवाहाले बरियारपुरमा संचालन गरेको आर के मनी चेन्जरबाट विगत दुई दिनको अन्तरालमा आठ करोड ३५ लाख रकमको लेनदेन भएको खुल्न आएको छ।

उक्त रकम काँहाबाट कुन माध्यमले आएको भन्नेबारे थप अनुसन्धान समेत सुरु भएकाे जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ।

प्रकाशित: २० चैत्र २०८० १८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App