१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

'हाइड्रोलिक्स' मा समस्या देखिएपछि दोहा उडेको जहाज काठमाडौं फर्कियो

फाइल तस्बिर

कतारको दोहा उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा समस्या देखिएपछि काठमाडौं नै फर्किएको छ।

बिहीबार राति १२ बजे काठमाडौँबाट कतारको लागि उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो।

कतार उडेको वाइडबडी ए (३३) को हाइड्रोलिक्समा समस्या भएर शुक्रबार बिहान ३ बजे काठमाडौं फिर्ता गरिएको निगमका प्रवक्ता देवेन्द्र पुनले जानकारी दिए।

उनले भने, 'दोहा उड्दै गरेको जहाजको हाइड्रोलिक्समा समस्या देखिएपछि केही मिनेटमै काठमाडौं फिर्ता गरेर नर्मल अवतरण गराइएको हो।'

फर्किएका यात्रुलाई भने अर्को जहाजमा दोहा पठाइएको उनले बताए।

प्रकाशित: १६ चैत्र २०८० १२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App