५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

काठमाडौंसहित देशभर शनिबारसम्म बदली र वर्षा

नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै रहँदा केही दिनसम्म पानी परिरहने छ। अरब सागरबाट जलवाष्पयुक्त हावा नेपालसम्म आइपुगेकाले बादल लाग्ने र पानी पर्ने क्रम जारी रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कडेँलले जानकारी दिएकी छन् ।

मौसमविद् कँडेलका अनुसार बिहीबार पनि देशभर साधारणतया बदली नै रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा वर्षासमेत भइरहेको छ।

आगामी शनिबारसम्म मुलुकका सबै ठाउँमा मौसम बदली रहिरहने मौसमविद् कँडलले बताइन्। उनी भन्छिन्, ‘आगामी शनिबारसम्म देशैभर  मौसम सफा हुँदैन।’

गए राती पनि काठमाडौं उपत्यकासहित गण्डकी, बागमती, मधेस र कोशी प्रदेशमा पानी परेको छ। बितेको २४ घन्टामा सबैभन्दा बढी पानी लमजुङको कुन्छामा परेको छ। त्यहाँ ६१ मिलिमिटर पानी परेको मौसमविद् कँडेलले बताइन्।

यस्तै, चितवनको त्रिशूलीमा ५३.६ मिलिमिटर र तनहुँको बन्दीपुरमा ५२ मिलिमिटर पानी परेको छ। कोशी, बागमती र गण्डकीमा एकदुई दिनदेखि नै पानी पर्ने सम्भावना बढिरहेको उनको भनाइ छ। उनका अनुसार काठमाडौं उपत्यकामा आज दिनभरि नै घाम नलाग्ने र पानी पर्ने र रोकिने क्रम रहिरहने छ।

पूर्वी नेपालका धेरैजसो भागमा पानी परे पनि पश्चिम नेपालमा भने बादल मात्र लाग्ने पूर्वानुमान छ।

प्रकाशित: १५ चैत्र २०८० १०:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App