४ असार २०८१ मंगलबार
image/svg+xml
समाज

पुँजी बजारसम्बन्धी निबन्ध लेखन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

नेपालको पुँजी बजार सम्बन्धी अन्तरक्रिया तथा राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ।

कलश स्टक मार्केट प्रालि (ब्रोकर नं ७४) को आयोजना तथा किङ्गस कलेज, बबरमहलको सहयोगमा ग्लोबल मनि विकको सन्दर्भ पारेर विजयी उम्मेदवारहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो।

कम्पनीका अध्यक्ष प्रदिप केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालको पुँजी बजार क्षेत्रका विज्ञ मुक्ति अर्यालले ‘नेपालको पुँजी बजार ‘शीर्षकमा प्रस्तुति दिएका थिए।

सो कार्यक्रममा कलश स्टक मार्केट प्रालि (ब्रोकर नं ७४) द्वारा आयोजित राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिताका विजयी निबन्धकारलाई समेत पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रममा बाराकी शालु कुमारी गुप्ताले नगद दश हजार सहित प्रथम पुरस्कार प्राप्त गरेकी छन्। त्यसैगरी काठमाडौंका समिप न्यौपाने पाँच हजार नगद सहित दोस्रो र धादिङकी अर्चना लामिछाने तीन हजार नगद सहित तृतीय पुरस्कार जित्न सफल भइन्।

उक्त कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै कम्पनीका संचालक डिल्लीराम वांस्तोलाले सहभागी तथा पुरस्कृत व्यक्तिहरूलाई बधाई दिए। कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस प्रकारका कार्यक्रमहरु संचालन गरिँदै आएको उनको भनाइ थियो। 

यसबाट धितोपत्र बजारको क्षेत्रमा रुचि राख्ने व्यक्ति, समुदाय तथा लगानीकर्ताहरूमा सेयर शिक्षाको सम्बन्धमा सचेतना अभिवृद्धि हुने सघाउ पुग्ने कम्पनीले विश्वास लिएको उनले सुनाए।

प्रकाशित: १४ चैत्र २०८० २०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App