१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

महिला पथप्रदर्शकलाई उद्धार तालिम

सुरक्षित पर्यटन प्रवद्र्धन गर्न महिला ‘गाइड’ लाई उद्धार ‘रेस्क्यु’ सम्बन्धी तालिम दिइएको छ। सीपयुक्त जनशक्ति विकास गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले महिला गाइडलाई सातदिने रेस्क्यु तालिम दिएको हो।

‘माउन्टेन गाइड’ बन्न आवश्यक पर्ने पाठ्क्रममा आधारित रहेर पदयात्रा र हिमाल आरोहणका क्रममा दुर्घटनाबाट बचाउन र उद्धार गर्ने सीपहरु उक्त तालिमका क्रममा सिकाइएको प्रशिक्षक लामबाबु शेर्पाले जानकारी दिए।

नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घको प्राविधिक सहयोग रहेको उक्त तालिममा २५ महिला गाइडको सहभागिता थियो। काठमाडौँको जकडोल जंगलमा यही चैत ७ देखि १३ सम्म तालिम सञ्चालन भएको थियो।

पदयात्रा र आरोहणका क्रममा पर्यटकको मृत्यु हुनेको संख्या वार्षिक रुपमा बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि तालिम फलदायी हुने प्रतिष्ठानका अध्यक्ष दावाफुटी शेर्पाले बताए। सीप र दक्षताविनाको जनशक्तिले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जाने भएकाले यस्ता तालिम आवश्यक रहेको उनको भनाइ छ।

बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले आगामी दिनमा दक्ष जनशक्ति विकासका लागि बोर्डले निरन्तर यस्ता तालिम आयोजना गर्ने बताए। सरकारले राखेको पर्यटन दशक (सन् २०२३–२०३०) को उद्देश्य पूरा गर्न यस्ता सीपयुक्त जनशक्ति विकास गर्नुपर्ने आवश्यकता भएको उनले बताए।

भिर र खोंचमा फसेका व्यक्ति, आरोहणका क्रममा क्रिभासभित्र पसेकालाई सहज रुपमा उद्धार गर्ने, सुरक्षित स्थानमा पु¥याउने, आवश्यक मार्गदर्शनलगायत पदमार्गका क्रममा आवश्यक पर्ने सीप तालिमका सहभागीलाई प्रशिक्षकले अभ्यास गराएको थियो।

ट्रेकिङ गाइड र आरोहीले मात्र सहभागिता जनाएका उक्त तालिमले अन्तर्राष्ट्रिय माउन्टेन गाइड बन्न सहयोग पु¥याउने आयोजकले जनाएको छ। नेपालमा हालसम्म दावायाङजुम शेर्पा मात्र महिला माउन्टेन गाइड बन्न सफल भएको जनाइएको छ। –रासस

प्रकाशित: १४ चैत्र २०८० १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App