५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने ६ सय ६४ सवारी कारबाहीमा

होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने ६ सय ६४ वटा सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ट्राफिक नियम उल्लङ्घन गर्ने छ सय ६४ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको हो। यसमा चार पाङ्ग्रे छ सय ४९ तथा दुई पाङ्ग्रे १५ वटा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

लापसे, मापसे गरी सवारी साधन चलाउने तथा सवारी साधनका कागजपत्र नबोक्ने, हेलमेट नलगाई सवारी चलाउनेका सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

फागु पूर्णिमा अर्थात् होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको थियो।

ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कूल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट निगरानी गरिएको थियो।

प्रकाशित: ११ चैत्र २०८० २१:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App