१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

उपत्यकामा ट्राफिक चेकिङमा कडाइ,२४१ सवारीसाधन 'होल्ड'

फाइल तस्बिर

काठमाडौं उपत्यकामा होलीको रौनक सुरू भएसँगै प्रहरीले काठमाडौं उपत्यकाभरि ट्राफिक चेकजाँचमा कडाइ गरेको छ।

काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि होलीलाई व्यवस्थित र मर्यादित बनाउन प्रहरीले चेकिङमा कडाइ गरेको हो।

काठमाडौं उपत्यकाका न्युरोड, दरबारमार्ग,थापाथली, त्रिपुरेश्वर,कान्तिपथ,भद्रकाली,बग्गीखाना,सामाखुसी,सुन्धारा लगायत ठाउँमा प्रहरीले चेकजाँच गरिरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रवक्ता जीवनकुमार श्रेष्ठले बताए।

होली पर्वको अवसरमा मानिसहरु उच्छृङ्खल गतिविधि गर्ने,लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने लगायत गतिविधि हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको उनले बताएका छन्।  

उनका अनुसार अहिलेसम्म चेकजाँच गर्दा दुई पाङ्ग्रे २३३ बटा चार पाङ्गे ८ बटा गरी जम्मा २४१ सवारीसाधन होल्ड गरिएको बताएका छन्। हेल्मेड नलगाएका, मापसे प्रयोग नगरेको,मदिरा सेवर गरी चलाएको,जथाभावी रुपमा लापरबाही गरी चलाएको पाएपछि होल्ड गरिएको उनको भनाई छ। यस्तै, बसन्तपुर जानको लागि न्युरोड गेटसम्म मात्रै सवारीसाधन लग्न दिएको बताइएको छ। 

सार्वजनिक स्थलमा ड्रोनबाट पनि निगरानी गरिरहेको जनाएको छ। नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले सतर्कताका साथ होली खेल्न आग्रह गरेको छ।

प्रकाशित: ११ चैत्र २०८० १३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App