२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सरकारले गर्‍यो राष्ट्रिय भूमि आयोग विघटन

सरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको छ।

नयाँ सत्ता समिकरण बने लगत्तै चैत्र ८ गते बसेको मन्त्रीपरिषद् बैठकले सो आयोग विघटन गर्ने निर्णय गरेको हो। एक साता भित्र पुनः आयोग गठन गर्नेगरी सो आयोग विघटन गर्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

शुक्रवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले सरकारले सो आयोग कानुनसम्मत ढंगले एक हप्ता भित्र पुनर्गठन गर्नेगरी विघटन गरेको बताइन्। नयाँ बन्ने आयोगले भूमिको व्यवस्थापन सम्बन्धि बाँकी कामलाई अघि बढाउने मन्त्री शर्माको भनाई थियो।

उनले भनिन्,‘बढि बाहिर चर्चा पनि यो भूमि आयोगको विषय। हिजो क्याविनेट बैठकले विघटन गर्ने निर्णय गर्‍यो। हामीले यस विषयमा क्याविनेटमा पनि छलफल गरेका थियौं। यसको विषयमा छलफल पनि भएको थियो। यो चाहीँ हाम्रो त्यहाँ भएको गठन आदेश, हाम्रो नियमावलीमा भएको व्यवस्था अनुसार यो पुनर्गठन गर्ने टाईपको देखिन्छ। त्यसकारण यो भूमि आयोग पनि तुरुन्त गठन हुन्छ। एकसाताको बीचमा अर्को क्याविनेटमा सम्भवत यो गठन हुन्छ भन्ने मलाई लाग्छ। अहिले यो भूमि आयोगलाई सदाका लागि विघटन गरिएको होइन। अर्को गठन गर्ने प्रश्तावसहित यसलाई विघटन गरिएको हो। अर्को गठन गर्नलाई यो विघटन गर्नुपर्ने हाम्रो कानूनी बाध्यताले यसलाई विघटन गरियो। भूमि आयोगका काम फेरि बन्ने आयोगले गर्नेछ।’

प्रकाशित: ९ चैत्र २०८० १७:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App