१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ब्यारियरमा ठोक्किएर एकजनाको मृत्यु

नेपालगन्ज भन्सार कार्यालयको ब्यारियरमा ठोक्किएर बुधबार राति एकजना मोटरसाइकलचालकको मृत्यु भएको छ।

नेपालगन्ज– १८ का २४ वर्षीय सुरज बर्माको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ सई प्रवीण आचार्यले जानकारी दिए।

सई आचार्यका अनुसार जमुनाहबाट नेपालगन्जतर्फ आउँदै गर्दा ब्यारियरमा मोटरसाइकल ठोक्किएको थियो।

भन्सार कार्यालयनजिकैको सडक रातको समयमा बन्द हुने भएकाले सुरक्षाकर्मीले ब्यारियर बन्द गर्ने गर्छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी भनाइ छ।

प्रकाशित: ८ चैत्र २०८० १०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App