२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रिडीदेखि बलेटक्सारसम्मको सडक २७ दिनका लागि बन्द रहने

फाइल तस्बिर

रिडी–तम्घास सडक आजदेखि चैत ३० गतेसम्म १२ घन्टाका लागि बन्द हुने भएको छ।

मदन भण्डारी राजमार्गअन्तर्गत रिडीदेखि बलेटक्सारसम्मको २३ किलोमिटर क्षेत्रमा चट्टान फोर्न र ग्रेड मिलाउने कार्य भइरहेकोले आजदेखि २७ दिनसम्मका लागि १२ घण्टा सडक बन्द हुने भएको हो।

मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासका सूचना अधिकारी इन्जिनियर शर्मिला शर्माले उक्त सडक बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने बताइन्।

सडकबन्द भएसँगै वैकल्पिक सडक प्रयोग गरेर यात्रा गन पनि उनले आग्रह गरे।

२०८२ साल फागुन २५ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने गरी २०७९ साल फागुन २८ गते सम्झौता भएको हो। एक अर्ब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँ लागतमा सडक स्तरउन्नतिका साथै कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको हो।

प्रकाशित: ७ चैत्र २०८० ०८:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App