१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जनकपुरदेखि अयोध्यासम्म रेल सेवा सञ्चालनका लागि प्रक्रिया सुरु

सरकारले जनकपुरधामदेखि भारतको अयोध्यासम्म रेल सञ्चालनको तयारी थालेको छ। अयोध्यामा राम मन्दीरको उद्घाटन पछि जनकपुरधामबाट श्रद्धालु भक्तजनको सहजताका लागि नेपाल रेलवेले रेल सेवा सञ्चालनको तयारी थालेको हो।

जनकपुर रेलवेका महानिर्देशक निरञ्जन कुमार झाले अयोध्यासम्म जनकपुरधामबाट रेल सेवा सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् माग भइ आएको ड्राफ्ट बनाएर परराष्ट्र मन्त्रालयको समन्वयनमा तयारी सुरु भएको नागरिक न्यूजलाई बताए।

उनले नेपालस्थित भारतीय दूतावासमार्फत् जनकपुरधामबाट अयोध्यामसम्म साताको एउटा रेल सेवा सुचारु गर्ने विषयमा ड्राफ्ट बनाउने काम भइरहेको बताए।

उनले भने, ‘परराष्ट्र मन्त्रालयले रेल सञ्चालनका लागि ड्राफ्ट मागेको थियो। जुन बनाउने काम भइरहेको छ। सबै प्रक्रिया पूरा भयो भने यसै महिनाबाट जनकपुरधामदेखि अयोध्यासम्मको रेल सेवा सञ्चालनमा आउने छ।’

अयोध्याधामबाट जनकपुरधामसम्म सिधा रेल सेवा सञ्चालनमा आएपछि दुई देशबीचको धार्मिक र सांस्कृतिक सम्वन्ध थप बलियो हुने र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ। 

प्रकाशित: ६ चैत्र २०८० १३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App