८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

दिनमा तीन कप चिया पिउनोस्!

यस्ताे पनि!

सधैँ जवानजस्तो देखिन दिनमा तीन पटक चिया पिउनु उपयुक्त रहेको अध्ययनले देखाएको छ। चीनको सिचुआन विश्वविद्यालयले चीन र बेलायतमा गरेको अध्ययनले यस्तो देखाएको हो।

 दैनिक तीन कप चिया पिउँदा हाम्रो जैविक उमेर सुस्त बनाउने देखिएको हो। यसले रक्तचापको तह सामान्य बनाउने, कोलेस्ट्रोल र शरीरको बोसो अनुपातलाई उचित अवस्थामा राख्ने अध्ययनमा देखिएको हो।

अध्ययनमा संलग्न सर्वसाधारणले जब चिया पिउन छाडे, रक्तचाप, कोलेस्ट्रोल र बोसोको अनुपात बिग्रँदै गएको बताइएको छ। अध्ययनमा बेलायतका पाँच हजार ९९८ जना र चीनका सात हजार ९३१ जनाले सहभागिता जनाएका थिए।

उनीहरूको उमेर समूह ३० देखि ७९ सम्म रहेको बताइको छ। अध्ययनमा संलग्नहरूलाई तपाईंहरू दैनिक कति पटक चिया पिउनुहुन्छ? कस्तो चिया पिउनुहुन्छ? भनी सोधिएको थियो। अध्ययनमा प्रायः कालो तथा हरियो पत्ता चिया पिउनेहरू समावेश गरिएको थियो।

यसअघिका चिया अध्ययनमा ग्रिन टीलाई मात्र समावेश गरिएको थियो। तर यसपटकको अध्ययनमा फिक्का चिया पिउनेहरूको स्वास्थ्य पनि राम्रो रहेको देखिएको हो। पश्चिमाहरूले विभिन्न किसिमका चियाहरू पिउने गर्छन्। तिनको खपतअनुसार फिक्का चियालाई अध्ययनमा समावेश गरिएको अध्येताहरूले बताएका छन्।

यस्तो चियाको फाइदा लिनेहरूमा पुरुषहरू नै बढी देखिएको छ। उनीहरूले रक्सी र स्वस्थकर डाइटसँगै चियाको चुस्की पनि लिने गरेको पाइयो। उनीहरूले त यस्ता चियाले बिर्सने रोग तथा अवसादजस्ता समस्या पनि झेल्न नपरेको अध्ययनमा देखिएको हो।

 शोधकर्ताहरूका अनुसार बढीमा दुई सय एमएल चिया (दिनमा तीन पटक) खाँदा राम्रो देखिएको हो। कसैले हरियो पत्ता पनि खाने गरेका छन् भने बढीमा ६ देखि आठ ग्रामसम्मको चियापत्ती प्रयोग गर्न सक्छन्।

चिया खाँदा स्वास्थ्य राम्रो हुनुमा यसमा भएको पोलिफोनोल्स नामक तत्वले काम गरेको वैज्ञानिकहरूको भनाइ छ। यसले मानिसको रोग प्रतिरोधात्मक शक्ति बढाउने, उमेरजन्य परिवर्तन गर्ने प्रभावलाई सुस्त बनाउने र स्मृतिजन्य गतिविधिलाई सुस्त हुन नदिनेजस्ता  फाइदा दिने ‘डक्टर्स हु डोन्ट यु टेल’ पत्रिकाको अप्रिल अंकमा जनाइएको छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ६ चैत्र २०८० ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App