१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पूर्वाधार पुगे पनि गाउँ छाडेर हिँड्ने प्रवृत्ति रोकिएन : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँ छोडेर हिँड्ने प्रवृत्ति चुनौतीका रुपमा देखा परेको बताएका छन्।

१२ खरी मिडिया र गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा संयुक्तरुपमा आयोजित विकास साझेदारसँग गण्डकी प्रदेशको समुन्नति र लगानीसम्बन्धी अन्तक्र्रियामा उनले गाउँमा अत्यावश्यकीय पूर्वाधार पुगे पनि पलायन नरोकिएको बताए।

करोडौँ रुपैयाँ खर्चेर बाटोघाटो बने पनि त्यसलाई उत्पादनसँग जोड्न नसकिएको बताउँदै उहाँले उत्पादनलाई जोड्न सकिएमा मात्रै पूर्वाधार विकासको औचित्य पुष्टि हुने बताए।

गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजनाको तयारीमा जुटेको बताउँदै आत्मनिर्भतामा जोड दिने विषयलाई प्राथमिकतामा राखिएको बताए। गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बन्दै गरेको दोस्रो पञ्चवर्षीय योजनामा प्रदेशको प्राथमिकतामा क्षेत्र समेटेर अघि बढ्न लागिएको बताए।

योजनाका सम्बन्धमा सरोकारवालाबीच छलफल एवं अन्तक्र्रिया गरिएको बताउँदै उनले आगामी हप्ता योजनाको आधारपत्र आउने बताए। मानव वन्यजन्तु द्वन्द्व पनि चुनौतीका रुपमा देखा परेको बताउँदै उनले त्यसले निर्वाहमुखी कृषिलाई समस्या पारेको बताए। –रासस

प्रकाशित: ३ चैत्र २०८० ०७:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App