१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

अछाममा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन्।

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १४ की १४ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।

घरमा कोही नभएको बेला ती पुरुषले छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ। ती पुरुषले शुक्रबार राती बालिकालाई बलात्कार गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी एवम प्रहरी निरिक्षक राजेन्द्र साउदले बताए।

पक्राउ परेका पुरुषमाथि हाडनाताकरणी गरेको मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: २७ फाल्गुन २०८० १६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App