२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कर्णालीकी ‘सारा आकाश’

सिर्जना कर्णालीकै पहिलो विमानचालक हुन्। उनी सात कक्षामा पढ्दा टेलिभिजनमा ‘सारा आकाश’ नामको हिन्दी टेलिसिरियल खुबै चर्चामा थियो। सिरियलमा एक महिला पाइटल फाइटर जहाज उडाउँथिन्।

एक दिन जहाजमा केही खराबी आयो। ती महिला पाइलटले जहाजलाई सुरक्षित अवतरण गराइन्। काँचको पर्दामा देखिएकी महिलाजस्तै आकाशमा हवाईजहाज उडाउने सपना बोकेकी सिर्जनाको त्यो सपना साकार मात्रै भएको छैन, उनको प्रगतिमा समग्र कर्णालीले गर्व गर्ने ठाउँ पाएको छ।

३० वर्षीया सिर्जनाले पाइटल बन्न खुबै मेहनत गरिन्। सानैदेखिको पाइटल बन्ने सपना पूरा गर्न सिर्जना सन् २०१० मा दक्षिण अफ्रिकाको जोहानेसवर्ग पुगिन्। त्यहाँको फ्लाइट टे«निङ सर्भिसेज (एफटिएस) मा उनीसँगै १९ जना नेपाली थिए। तीमध्ये पाँच जना केटी साथी। तालिम पूरा गर्न दुई सय घण्टा हवाईजहाज उडाउनुपर्छ।

‘योमध्ये एकसय घण्टा प्रशिक्षकको साथमा उडाउनुपर्छ भने अर्को एकसय घण्टा एक्लैले उडाउनुपर्छ,’ उनले भनिन्, ‘मौसम र वातावरणअनुसार यसको समय निर्धारण हुन्छ।’

पहिलो पटक एक्लै हवाइजहाज उडाउँदा सिर्जना निकै खुसी भइन्। उनी अहिले सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान भर्छिन्।

यो पनि पढ्नुहोस्

नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिला  

प्रकाशित: २५ फाल्गुन २०८० ११:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App