१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कुकुरले हैरान पारेपछि स्थायी बन्ध्याकरण गर्दै सन्धिखर्क नगरपालिका

छाडा कुकुरले हैरान बनाएपछि सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका छाडा तथा घरपालुवा कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसन शिविर सुरु गरेको छ।  

दर्जनौं कुकुरले बजारवरिपरि मानिस आवातजावत गर्दा भुक्ने, टोक्ने तथा बिहान विद्यालय तथा कलेज जाने विद्यार्थीलाई टोक्ने, लखेट्ने समस्या बढ्न थालेपछि नगरले कुकुर नियन्त्रण अभियान थालेको हो।

नगरमा रहेका घरपालुवा तथा छाडा कुकुर गरी झन्डै ३ सय कुकुरको स्थायी बन्ध्याकरण गर्ने लक्ष्य सहित चार दिने शिविरको आयोजना गरिएको नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए।  

बजार तथा नगर क्षेत्रमा भएका कुकुरले मानिस, घरपालुवा जनावर तथा पशुपन्छीमा आक्रमण गर्ने, झम्टिने तथा लखेट्ने गरेपछि स्थानियमा त्रास सिर्जना भएको र रेबिज समेत सर्न सक्ने भएकाले कुकुरको स्थायी बन्ध्याकरण शिविर सुरु गरिएको हो।

कुकुरको संख्या निरन्तर बढ्दै गएपछि संख्या बढ्न नदिन नियन्त्रण अभियान थालिएको नगरपालिकाले जनाएको छ।  

छाडा कुकुरको संख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने, सडक दुर्घटना बढ्ने र कुकुरको टोकाइले रेबिज रोगको संक्रमण हुने खतरा भएकाले तिनलाई स्थायी बन्ध्याकरणका साथै रेबिजविरुद्धको सुई लगाइएको पायनर्स एनिमल हस्पिटल बुटवलका प्रमुख डाक्टर अविनास क्षेत्रीले बताए।

प्रकाशित: २० फाल्गुन २०८० १३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App