१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

लडेर घाइते भएका साँवाका एकजनाको मृत्यु

चिप्लिएर लडी घाइते भएका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाका ५४ वर्षिय सञ्चबहादुर लिम्बूको मृत्यु भएको छ। स्थानीय ज्ञानेन्द्रबहादुर लिम्बूको घरमा सामान पुर्‍याएर घर फर्कने क्रममा वडा कार्यालयमा छेउमा लडेका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिए।

ताप्लेजुङ जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर लगिएको उनको मृत्यु भएको प्रहरीले बताएको छ। शव पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाईएको समेत प्रहरी निरीक्षक लुङ्गेलीले बताए।

प्रकाशित: १५ फाल्गुन २०८० ११:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App