२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मिटरब्याज पीडितले आज प्रदर्शन नगर्ने, ऐक्यबद्धताका लागि बसिरहेकै ठाउँमा आउन आग्रह

फाइल तस्वीर

न्याय माग्दै काठमाडौं पुगेका मिटरब्याज पीडितहरूले आज प्रदर्शनका कार्यक्रम नगर्ने भएका छन्। आन्तरिक छलफल गर्नुपर्ने भएकाले आज बाहिरी प्रदर्शनका कार्यक्रम नरहेको मिटर ब्याज तथा ठगी विरुद्ध किसान–मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले बताए।

‘आज आन्तरिक छलफल हुन्छ। बाहिर सडक तिर निस्किदैनौं,’ उनले भने,‘ऐक्यबद्धताका लागि आउनेहरूले भने बसिरहेकै ठाउँमा आएर भेट्न सक्नुहुन्छ।’ पीडितहरू हिजोदेखि भृकुटीमण्डपमा आश्रय लिएर बसिरहेका छन्।

माघ १६ गतेबाट पूर्व मेची किनार (झापाको काँकरभित्ता) र सुदूरपश्चिम कञ्चनपुरको गड्डाचौकीबाट ‘न्याय मार्च’ गर्दै पैदलै आएका पीडितहरू बुधबार थानकोट पुगेका थिए। हिजो ‘सिंहदरबार मार्च’मा निस्किएका पीडितलाई प्रहरीले भृकुटीमण्डपमा रोकेको थियो।

प्रकाशित: १२ फाल्गुन २०८० ११:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App