२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

मोटरसाइकलले ठक्कर दिँदा मोरङको बुढीगंगा गाउँपालिका–१ की ६० वर्षीया धनमाया खतिवडाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार सुनसरीको इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प १२५१ नम्बरको मोटरसाइकलले सोमबार साँझ साढे ५ बजेतिर खतिवडालाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट घाइते भएकी खतिवडाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा राति पौने १२ बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए।

विराटनगर महानगरपालिका–३ दूध फारममा सडक पार गर्दै गरेको अवस्थामा खतिवडालाई तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएको थियाे।

मोटरसाइकल चालक इटहरी–४ का ३० वर्षीय आशिष श्रेष्ठ सामान्य घाइते भएको र उनको उपचारपछि प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ।

प्रकाशित: ८ फाल्गुन २०८० १९:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App