१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

तेस्रो दिन पनि इशनाथमा कर्फ्यू जारी

देशले प्रजातन्त्र दिवस मनाइरहँदा रौतहटको एक पालिकाका अधिकांश क्षेत्रमा तीन दिनदेखि कर्फ्यू जारी छ। रौतहटको इशनाथ नगरपालिकाका अधिकांश वडामा कर्फ्यू जारी रहेको छ।

गत शनिबार साँझदेखि जिल्ला प्रशासन कार्यालय रौतहटले दुई वडामा लगाएको कफ्र्यु आइतबार दिउँसो थप चारवटा वडामा विस्तार गर्दै ६ वटा वडामा पुर्‍याएको थियो। सुरक्षाकर्मीको व्यापक उपस्थिति रहेको भए पनि तनाव कम नभएकाले कर्फ्यू लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

इशनाथको वडा नं २, ३, ४, ५, ६ र ७ मा कफ्र्यु लगाइएको छ। सरस्वती पूजामा प्रयोग गरिएको प्रतिमा विर्सजनका लागि बाटो भएर लैजान नदिँदा विवाद उत्पन्न भएको थियो। विवादले झडपको रुप लिएपछि इशनाथमा करिब एक हप्तादेखि तनावको स्थिति रहेको छ।

घटनास्थलमा शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरीका मधेस प्रमुख डिआइजी यज्ञविनोद पोखरेल तथा सशस्त्र प्रहरीका मधेस प्रदेश प्रमुख डिआइजी दीपेन्द्र शाहसहित सात सय प्रहरी परिचालन गरिएको छ। साथै राष्ट्रिय अनुसन्धान विभागका मधेस प्रदेश प्रमुख सञ्जय यादव पनि घटनास्थलमै रहेका छन्।

कर्फ्यूकै बीच जिल्ला प्रशासन कार्यालय रौतहटले समस्या समाधानका लागि पहल गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटमा सर्वपक्षीय बैठक बोलाइएको छ। केही बेरमा सर्वपक्षीय बैठक बसी सरस्वती प्रतिमा सेलाउने र शान्ति एवं सद्भाव कायम गर्ने विषयमा निष्कर्ष निकालिने प्रजिअ हिरालाल रेग्मीले जानकारी गराए।  

प्रकाशित: ७ फाल्गुन २०८० ११:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App