२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सर्लाहीमा एकै दिन दुई पुरुषको शव फेला

सर्लाहीमा दुई पुरुषको शव फेला परेको छ। विभिन्न ठाउँमा दुई पुरुषको शव फेला परेपछि सर्लाहीमा त्रास फैलिएको छ।

सर्लाहीको बसबरिया गाउँपालिका-६ र चक्रघट्टा गाउँपालिका-८ मा एक/एक जना पुरुषको शव फेला परेको हो।

बसबरिया ६ स्थित रामबाबा मन्दिरको नजिक परालको कुन्यूमा फेला परेको शवको पहिचान खुलेको छ। मृतक विष्णुपुर गाउँपालिका-१ का ५५ वर्षीय राम सिफल हजारी भएको प्रहरीले जनाएको छ। मृतक हजारीको मानसिक सन्तुलन ठिक नरहेको बुझिएको प्रहरीको भनाइ छ।

चक्रघट्टा-८ को औरही गाउँनजिक करिब ६५/७० वर्षका एक वृद्धको शव फेला परेको हो। वृद्धको पहिचान खुल्न सकेको छैन। प्रहरीले मृतकबारे जानकारी लिन खोजिरहेको छ।

जिल्ला प्रहरी कार्यालय मलंगवाले दुवै शवलाई प्रादेशिक अस्पताल मलंगवा ल्याइसकिएको जनाएको छ। पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने र घटनाको विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपेन्द्र पंजियारले जानकारी दिए। 

प्रकाशित: ४ फाल्गुन २०८० २०:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App