६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

०८१ सालमा पृथ्वी जयन्ती र शहीद दिवसको दिन बिदा थपियो

सरकारले आगामी वर्ष ०८१ सालमा पृथ्वी जयन्तीको दिन पुस २७ र सहिद दिवसको दिन माघ १६ गते सार्वजनिक बिदा दिने भएको छ। ०८१ सालमा यी दुई दिन थप बिदा घोषणा भएका हुन्।

०८१ सालमा दिइने सार्वजनिक बिदाको सूचि सरकारले राजपत्रमा प्रकाशित गरेको छ। प्रकाशित सूचि अनुसार सरकारले वैशाख १ गते नयाँ वर्षको दिन र वैशाख ५ गते राम नवमीको दिन बिदा दिने भएको छ। वैशाख पूर्णिमाको अवसर पारेर सरकारले वैशाख १० गते बिदा दिने भएको छ।

सरकारले सार्वजनिक गरेको बिदाको सूचि अनुसार भदौं ३ गते (रक्षाबन्धन) तथा भदौं १० गते (श्रीकृष्ण जन्माष्टमी पर्व) पर्व बिदा दिइएको छ। 

०८१ सालमा घटस्थापना १७ असोजमा परेको छ। उक्त दिन सरकारले सार्वजनिक बिदा दिएको छ। दसैँ बिदा असोज २४ देखि असोज २८सम्म दिइएको छ। यसैगरी तिहार बिदा कात्तिक १५ देखि कात्तिक १९ सम्म ४ दिनका लागि बिदा दिइएको छ।

०८१ सालमा छठ पर्व कार्तिक २२ तथा क्रिसमस डे पुस १० परेको छ। यी दुई दिन सरकारले सार्वजनिक बिदा दिएको छ। 

यसैगरी मंसिर ३० गते धान्य पूर्णिमा, पुस १५ मा तमु ल्होसारमा पनि सरकारले बिदा दिने भएको छ। यसैगरी माघ १ गते माघे सक्रान्तिको दिन सरकारले बिदा दिने भएको छ।

माघ १७ गते सोनाम ल्होसार तथा फागुन १४ गते महाशिवरात्रि पर्व परेको छ। यी दुई दिन पनि सरकारले सार्वजनिक बिदा दिने भएको छ। 

०८१ सालमा ५३ शनिबार परेका छन्। सामान्यतया एक वर्षमा शनिबार ५२ वटा पर्छन्।

प्रकाशित: ४ फाल्गुन २०८० १९:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App