१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आफ्नै कर्मचारी असुरक्षित हुँदासमेत मन्त्रालय मौन!

भौतिक तथा यातायात व्यवस्था मन्त्रालय मातहत रहेका यातायात व्यवस्था विभागका महानिर्देशकमाथि दुर्व्यवहार हुँदा मन्त्रालय ‘मौन’ रहेको छ।

अवैध लाइसेन्सको छानबिन गरेका यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालमाथि सोमबार विभागमै रहेका केही बिचौलिया कर्मचारीको समूहको आडमा बिचौलियाको एक समूहले दुर्व्वहार गर्दा पनि मन्त्रालय मौन बसेको हो।

महानिर्देशक रिजालले आफूलाई असुरक्षा भएको जानकारी मन्त्रालयलाई दिएको भए पनि मन्त्रालयले बेवास्ता गर्दा उनीमाथि सोमबार दुर्व्यवहार भएको हो। रिजालमाथि आक्रमण भएपछि सोमबार दिउँसो मन्त्रालयमा मन्त्री प्रकाश ज्वाला, सचिव केशव शर्माबीच केहीबेर छलफल भएको थियो। त्यसपछि दिउँसो ३ बजेतिर महानिर्देशकलाई पनि बोलाएर छलफल गरिएको भए पनि सुरक्षा व्यवस्थामा कुनै प्रबन्ध गरिएको छैन।

यो विषयमा मन्त्रालयका प्रवक्ता सहसचिव भीमर्जुन अधिकारीसँग सम्पर्क गर्दा उनले फोन उठाएनन्।

सोमबार बिहान कार्यालयमा आएका बिचौलियाको एक समूहले रिजालमाथि कालोमोसो दलेर अभद्र व्यवहार गरेका हुन्।

यातायात व्यवस्था विभागले अवैध ढंगले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको विषयमा छानबिन गरेर अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई बुझाएको थियो।

सोमबार बिहान १० बजेको समयमा उनमाथि अभद्र व्यवहार भएको हो। विभागमा रहेका कर्मचारीबाटै आफूलाई सुरक्षा चुनौती रहेको विषयमा महानिर्देशक रिजालले पटकपटक मन्त्रालयलाई जानकारी गराएका थिए।

‘महानिर्देशकले आफूलाई धम्की आएको सुरक्षा थ्रेट रहेको विषयमा पटकपटक मन्त्रालयलाई जानकारी दिनुभएको तर वेवास्था गरियो, त्यहाँ विचौलियाहरूको ठूलो जमात रहेको छ’, मन्त्रालयका एक उच्च कर्मचारीले भने।

रिजालमाथि अन्य महानिर्देशकहरूको काममा प्रश्न उठाएको भन्दै छानबिन प्रक्रिया रोक्न आग्रह गरेको तर उनले नमानेपछि भौतिक आक्रमणको धम्की दिइएको थियो।

सोमबार भएको आक्रमण वैद्य माओवादीनिकट रहेको मजदुर संगठनको नाम लिइएको थियो। यो विषयमा वैद्य माओवादीले आधिकारिक धारणा सार्वजनिक गरेको छैन। उनलाई लाइसेन्स वितरणमा भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

१० वर्षयता एक लाख बढी अवैध लाइसेन्स वितरण भएको थियो। यातायात व्यवस्था कार्यालयबाट जारी २८ हजार सवारी चालक अनुमतिपत्रको नम्बर मात्रै उल्लेख गरिएको र ती सवारी चालक अनुमतिपत्र जुनसुकै अवस्थामा जारी हुन सक्ने अवस्थामा रहेका छन्।

पछिल्लो १० वर्षमा देशका ३५ वटा यातायात कार्यालयबाट एक लाख दुई हजार सेवाग्राहीले लिखित परीक्षा र ट्रायल नै नदिई लाइसेन्स लिएको भेटिएपछि विभागले छानबिन गरेको थियो।

सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावलीमा भएको कानुनी व्यवस्था पूरा नगरी गलत तरिकाबाट ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीमा चलखेल गरी सवारीचालक अनुमतिपत्र जारी भएको पाइएपछि यससम्बन्धी छानबिन गरिएको थियो।

पछिल्लो १० वर्षमा देशका ३५ वटा यातायात कार्यालयबाट एक लाख दुई हजार सेवाग्राहीले लिखित परीक्षा र ट्रायल नै नदिई लाइसेन्स लिएको भेटिएपछि विभागले छानबिन गरेको थियो।

सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावलीमा भएको कानुनी व्यवस्था पूरा नगरी गलत तरिकाबाट ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीमा चलखेल गरी सवारीचालक अनुमतिपत्र जारी भएको पाइएपछि यससम्बन्धी छानबिन गरिएको थियो।

सो विषयमा अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानवीन गरिरहेको छ। साथै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पनि छानवीन गरिरहेको छ।

काठमाडौ प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले महानिर्देशकमाथि अभद्र व्यवहार भएको स्वीकारेका छन्। अहिले अनुसन्धान भैरहेको छ, उहाँलाई केही अराजक जत्थाले अभद्र व्यवहार गरेका रहेछन्,’ एसएसपी खत्रीले भने।

प्रकाशित: १ फाल्गुन २०८० ०९:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App