१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

यातायातका महानिर्देशकलाई अभद्र व्यवहार गर्दै कालोमोसो

अवैध लाइसेन्सको छानबिन गरेका यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाललाई विचौलियाहरुको समूहले अभद्र व्यवहार गर्दै कालोमोसो दलेका छन्।

सोमवार बिहान कार्यालयमा आएका विचौलियाहरुको एक समूहले रिजालमाथि कालोमोसो दलेर अभद्र व्यवहार गरेका हुन्। यातायात व्यवस्था विभागले अवैध ढंगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको विषयमा छानबिन गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको थियो। सोमवार बिहान १० बजेको समयमा उनमाथि अभद्र व्यवहार भएको हो।

दश वर्ष यता एक लाख बढी अवैध लाइसेन्स वितरण भएको थियो। यातायात व्यवस्था कार्यालयबाट जारी २८ हजार सवारी चालक अनुमतिपत्रको नम्बर मात्रै उल्लेख गरिएको र ती सवारी चालक अनुमतिपत्र जुनसुकै अवस्थामा जारी हुन सक्ने अवस्थामा रहेका छन्।

पछिल्लो १० वर्षमा देशका ३५ वटा यातायात कार्यालयबाट एक लाख दुई हजार सेवाग्राहीले लिखित परीक्षा र ट्रायल नै नदिई लाइसेन्स लिएको भेटिएपछि विभागले छानबिन गरेको थियो। सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावलीमा भएको कानुनी व्यवस्था पूरा नगरी गलत तरिकाबाट ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीमा चलखेल गरी सवारीचालक अनुमतिपत्र जारी भएको पाइएपछि यससम्बन्धी छानबिन गरिएको थियो।

पछिल्लो १० वर्षमा देशका ३५ वटा यातायात कार्यालयबाट एक लाख दुई हजार सेवाग्राहीले लिखित परीक्षा र ट्रायल नै नदिई लाइसेन्स लिएको भेटिएपछि विभागले छानबिन गरेको थियो। सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावलीमा भएको कानुनी व्यवस्था पूरा नगरी गलत तरिकाबाट ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीमा चलखेल गरी सवारीचालक अनुमतिपत्र जारी भएको पाइएपछि यससम्बन्धी छानबिन गरिएको थियो। सो विषयमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गरिरहेको छ। साथै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पनि छानवीन गरिरहेको छ।  काठमाडौ प्रहरी परिसका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले महानिर्दैशक माथि अभद्र व्यवहार भएको स्वीकारेका छन्। अहिले अनुसन्धान भैरहेको छ, उहाँलाई केही अराजक जत्थाले अभद्र व्यवहार गरेका रहेछन्’, एसएसपी खत्रीले भने।

प्रकाशित: २९ माघ २०८० ११:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App