२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

यातायातका महानिर्देशकलाई अभद्र व्यवहार गर्दै कालोमोसो

अवैध लाइसेन्सको छानबिन गरेका यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाललाई विचौलियाहरुको समूहले अभद्र व्यवहार गर्दै कालोमोसो दलेका छन्।

त्रिविका डिनलाई नेकपानिकट विद्यार्थीको कालोमोसो

यौन दुर्व्यवहारको आरोपमा त्रिभुवन विश्वविद्यालयका सहायक डिन बउवालाल साहमाथि कालोमोसो दलिएको छ। बुधवार नेकपानिकट विद्यार्थीको कालोमोसो दलेको हो। त्रिवि शिक्षाशास्त्रका सहायक डिन साहले ट्रान्सकिप्ट बनाउन आएकी एक युवतीलाई जबरजस्ती यौन दुराचार गर्न खोजेको आरोप विद्यार्थी संगठनले लगाएका छन्।

कंसाकारलाई कालोमोसो दल्ने एक पक्राउ

महानगरीय प्रहरी अपराध महाशाखाले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध चन्द्रागिरी नगरपालिका ४ का ३७ वर्षीय सुरेश तामाङ रहेका छन्। तामाङलाई आइतबार थानकोटबाट पक्राउ गरिएको र आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

नेपाल एयरलाइन्सका महाप्रबन्धक कंसाकारलाई कालोमोसो

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का महाप्रबन्ध सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ। वाइड वडी खरिदमा अनियमितता गरेको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले शुक्रवार कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलेको हो।

सिटिइभिटी पदाधिकारीलाई कालोमोसो

नेवि संघले सिटिइभिटी निर्देशक जीवनारायण काफ्लेलाई कालोमोसो दलेका छन् भने कार्यलयको सदस्य–सचिव, उपाध्यक्ष र स्तरनिर्धारण शाखामा तालाबन्दी पनि गरेको छ । शिक्षामन्त्रीको दबाबमा गलत ढंगले दिइएको सम्बन्धन फिर्ता नलिएसम्म विरोध जारी रहने संघले जनाएको छ ।

विप्लबका कार्यकर्ताद्वारा रोल्पा जिसिअलाई कालोमोसो

रोल्पाका जिल्ला शिक्षा अधिकारीलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले हातपात गर्दै दुव्र्यवहार गरेका छन्। नेत्रविक्रम चन्द विप्लब नेतृत्वको पार्टीका कार्यकर्ताले स्रोत व्यक्तिसँग आफ्नै कार्यकक्षमा बैठक गरिरहेको बेला उनलाई कालो मोसो दलेका हुन्।

स्ववियू निर्वाचन अधिकृतलाई कालोमोसो, विद्यार्थी संगठनबीच झडप

नन्दादेवि बहुमुखी क्याम्पस कोटवाडाका स्ववियु निर्वाचन अधिकृत रत्नसिंह साउदलाई कालो मोसो दलिएको छ। फागुन १८ गते हुने स्ववियु निर्वाचन १६ गते नै घोषणा गरेर सदरमुकाम फर्किएकाले नेपाल विद्यार्थी संघ र अनेरास्ववीयु कालिकोटले साउदलाई कालो मोसो दलेका हुन्।

लोकमानलाई कालोमोसो दल्नेलाई एक महिना कैद

सर्वोच्च अदालतले लोकमानसिंह कार्कीलाई कालोमोसो दल्नेलाई 'अदालतको अवहेलना' गरेको ठहर गर्दै एक महिनाको कैद सजाय सुनाएको छ। कार्कीलाई मोसो दल्ने प्रबल भन्ने प्रकाश शाही र चन्द्रबहादुर बुढालाई 'अदालतको अवहेलना' ठहरसहित न्याय सम्पादनमा अवरोध पुर्‍याएको भन्दै सर्वोच्च अदालतले सोमबार एक महिना कैद हुने आदेश गरेको हो।

लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्नेलाई एक महिना कैद

मुद्दाको तारेख लिन सर्वोच्च अदालतमा आएका लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने दुई व्यक्तिलाई जनही एक महिना कैद गर्ने सर्वोच्च अदालतले आदेश जारी गरेको छ।

कार्कीले भने : कालोमोसो दल्ने अबोध कारिन्दा हुन् तिनलाई छाड्दिनु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफूमाथि कालोमोसो दलेको कसुरमा पक्राउ परेका दुई युवकलाई छाड्न आग्रह गरेका छन्।

लोकमानमाथि दुर्व्यवहार, सर्वाेच्च परिसरभित्रै मुक्का प्रहार, कालोमोसो दलियो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालत परिसरमा दुर्व्यवहार भएको छ ।

कर्मचारीमाथि कालोमोसो

पाल्पा-जिल्ला शिक्षा कार्यालय पाल्पाका सहायक जिल्ला शिक्षा अधिकारी रेशमलाल न्यौपानेलाई अपरिचित व्यक्तिले कालोमोसो दलेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्