coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

धावनमार्ग छनोटमा अन्योल

काठमाडौं – काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गनजिकै दुर्घटना भएको युएस बांगला र विमानस्थलको एयर ट्राफिक कन्ट्रोलबीच अन्तिम चार मिनेटमा भएको संवादले विमानचालकमा धावनमार्ग जिरो टु (दक्षिणतर्फ) र धावनमार्ग टु जिरो (उत्तरतर्फ) बीच अन्योल भएको सम्भावना देखाएको छ।

अन्य विमानमा रहेका नेपाली विमानचालकले बंगलादेशी जहाज गलत स्थानमा अवतरण गर्न खोजेको भन्दै राडारको सहयोग दिन र क्षति नहुने बाटो लिन मद्दतका लागि विमानस्थलको ट्राफिक कन्ट्रोललाई सचेत गराएका थिए। 

‘अलमलिएको जस्तो छ’, ‘अन्योल भयो जस्तो छ’, ‘वरिपरिको डाँडाकाँडामा राम्रो छैन भिजिबिलिटी।’

रेकर्ड भएको संवादको सुरुमै कन्ट्रोल टावरले विमानचालकलाई धावनमार्ग टु जिरोबाट कुनै प्रकारको काम नगर्न चेतावनी दिएको सुनिन्छ । त्यसपछि ट्राफिक कन्ट्रोलले त्यस स्थानमा अर्को विमान रहेको भन्दै अवतरण नगर्न र अड्याएर राख्न चेतावनी दिएको सुनिन्छ । त्यसपछि विमानचालकले निर्देशन मान्दै दायाँतर्फ फन्को मार्ने जानकारी गराएका थिए । ट्राफिक कन्ट्रोलले विमानचालकको योजनालाई स्वीकृति प्रदान गरेको तर अवतरण नगर्न पुनः चेतावनी दिएको थियो। 

अन्य विमानमा रहेका नेपाली चालकले त्यसप्रति गम्भीर चासो व्यक्त गर्दै डाँडातर्फको भिजिबिलिटी राम्रो नभएकोमा जोड दिएका थिए । उनीहरुले चेतावनी दिएको सुनिन्छ, ‘अलमलिएको जस्तो छ’, ‘अन्योल भयो जस्तो छ’, ‘वरिपरिको डाँडाकाँडामा राम्रो छैन भिजिबिलिटी।’

त्यसपछि सो विमानले दायाँ फन्को लिएको देखिन्छ । ट्राफिक कन्ट्रोलले विमानचालकलाई धावनमार्ग जिरो टु वा टु जिरो कुनमा अवतरण गर्ने भनेर सोधेका थिए । विमानचालकले टु जिरोमा अवतरण गर्न चाहेको बताएका थिए । त्यसपछि धावनमार्गको अन्त्यतिर अवतरण गर्ने अनुमति ट्राफिक कन्ट्रोलले दिएको थियो । लगत्तै विमानचालकलाई धावनमार्ग देखिएको छ भनेर सोधिएको थियो । उत्तरमा चालकले ‘नदेखिएको’ बताए तर एकछिनमै देखिएको बताए । त्यसपछि विमानचालकले अवतरणका लागि अनुमति मागेका थिए र ट्राफिक कन्ट्रोलले अनुमति दिएको थियो। 

एक स्थानमा विमानचालकले धावनमार्ग जिरो टु खुला रहेको भनेको सुनिन्छ । ट्राफिक कन्ट्रोलले पनि जिरो टु धावनमार्ग खाली गरेको बुझिन्छ । त्यसका लागि सेनाको विमानलाई १० किमि परै रोकेको ट्राफिक कन्ट्रोलले जनाएको थियो । ट्राफिक कन्ट्रोलले अन्तिममा धावनमार्ग टु जिरोमा अवतरण गर्न अनुमति दिएको थियो।

युएस बांगला विमानका चालकले ‘(अस्पष्ट) सर, हामी अवतरणका लागि क्लियर छौं ?’ भनेका थिए । केही शून्यतापछि ट्राफिक कन्ट्रोलले स्पष्ट रुपमा भनेको सुनिन्छ, ‘म फेरि पनि भन्छु, फर्क...!’ अनि केही समयको शून्यतापछि टावरले फायर वानलाई निर्देशन दिएको सुनिन्छ । त्यसले दुर्घटना भएको र विमानस्थलका अग्निनियन्त्रकलाई सक्रिय गराएको बुझिन्छ । त्यति बेला दिउँसोको २ः१८ बजेको थियो । एक नेपाली विमानचालकले धावनमार्ग बन्द हो भनेर सोध्दा टावरले धावनमार्ग बन्द गरिएको जनाएको थियो ।(नेपाली टाइम्सबाट अनुवाद)

प्रकाशित: २९ फाल्गुन २०७४ ०२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App