२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाल प्रहरीले माग्यो १ हजार ९५० पदका लागि दरखास्त, खेलाडी १४ जना

नेपाल प्रहरी प्रधान कार्यालयले आज एक सूचना प्रकाशित गर्दै प्रहरी जवानसहित १ हजार ९५० जनाको पदका लागि दरखास्त आह्वान गरेको छ।

यीमध्ये १ हजार ८५६ जना प्रहरी जवान मात्र छन्। १४ जना खेलाडी मागिएको छ। अन्यमा भान्छे ५३ जना, हजाम ७ जना, कुचिकार २० जना छन्।

खेलाडी तर्फ एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्र दरखास्त दिन पाइने व्यवस्था गरिएको छ। खेलाडीका लागि आवेदन दिनेहरुले काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मात्र दरखास्त फारम बुझाउनुपर्ने छ।

इच्छुक सबै उम्मेदवारहरुले फागुन २ गतेदेखि चैत ९ गते भित्र आवेदन दिनसक्ने छन्। जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि सातवटै प्रदेश प्रहरी तालिम केन्द्रमा र काठमाडौं उपत्यकाका तीन जिल्लासहित सबै जिल्ला प्रहरी कार्यालयहरुमा आवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

यसैगरी नेपाल प्रहरी प्रधान कार्यालयले गत कात्तिक ३ गते आवेदन माग गरिएको प्रहरी सहायक निरीक्षक (असई) पदमा १०५ जना थपिएको जानकारी पनि दिएको छ।

प्रकाशित: २६ माघ २०८० ०८:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App