१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

संसारकै सबैभन्दा महँगो गुलाफ 'जुलिएट'

आजबाट सप्ताहव्यापी रुपमा मनाइने प्रणय दिवस सुरु भएको छ। प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे, सात दिनसम्म माया गर्नेहरूले उत्सवको रुपमा मनाउने गर्छन्।

भ्यालेन्टाइन डे को पहिलो दिन आज रोज डे मनाइँदै छ। आफ्नो प्रिय व्यक्तिलाई आजको दिन गुलाफको फूल दिने चलन रहेको छ।

तपाईंलाई थाहा छ संसारमा एक यस्तो प्रजातिको गुलाफको फूल पाइन्छ जुन संसारकै सबैभन्दा बढी महँगो पनि हो।

आज हामी तपाईंलाई संसारकै सबैभन्दा महँगो गुलाफको बारेमा जानकारी दिँदैछौं।

हुन त संसारमा गुलाफका धेरै प्रजाति छन् जुन बजारमा उपलब्ध छन्। र, महँगोमै बिक्री पनि हुन्छन्। तर, डेविड अस्टिन जुलिएट नामक गुलाफ संसारकै सबैभन्दा महँगो गुलाफको रुपमा चिनिन्छ।

डेविट अस्टिन जुलिएट गुलाफको फूल संसारमै आफ्नो सौन्दर्यता, सुगन्धका साथै मूल्यका लागि पनि प्रसिद्ध छ। डेविड जुलिएट गुलाफको एउटा फूलको मूल्य ४० अमेरिकी डलरबाट सुरु हुन्छ। भिन्न आकार, रङ्ग, सङ्ख्याको आधारमा यसको मूल्य निर्धारण गरिएको हुन्छ। 

डेविड अस्टिन जुलिएट गुलाफलाई पहिलो पटक सन् २००६ मा चेल्सीको पुष्प महोत्सवमा सार्वजनिक गरिएको थियो। 

उक्त गुलाफको फूललाई संसारकै सबैभन्दा प्रसिद्ध रोज ब्रिडर अर्थात् गुलाफ फूलको उत्पादककर्ता डेविड अस्टिनले पहिलोपटक संसार सामू ल्याएका थिए। डेविडले विभिन्न प्रजातिका गुलाफलाई मिसाएर उक्त डेविड अस्टिन जुलिएट गुलाफको उत्पादन गरेका थिए। 

किन महँगो छ यो गुलाफ ?

डेविडका अनुसार उक्त गुलाफको फूल फुलाउन १५ वर्षको समय लागेको थियो भने ५ मिलियन डलर अर्थात् ५४ करोड ४० लाख खर्च लागेको थियो। डेविड अस्टिनको वेबसाइट अनुसार जुलिएट गुलाफको सुगन्ध चियाको हल्का वास्ना जस्तै हुन्छ।

प्रकाशित: २४ माघ २०८० १३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App