२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

संसारकै सबैभन्दा महँगो गुलाफ 'जुलिएट'

तपाईंलाई थाहा छ संसारमा एक यस्तो प्रजातिको गुलाफको फूल पाइन्छ जुन संसारकै सबैभन्दा बढी महँगो पनि हो।

प्रणय दिवस: छैन गुलाफको स्थानीय उत्पादन

पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ। दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ।

मनै लोभ्याउने गुलाफ

गुलाफको फूललाई फूलको रानी मानिन्छ। यसको डाँठमा काँडा हुने भए पनि गुलाफको फूल मन नपराउने सायदै होलान्। गुलाफको फूल हेर्दै मनमोहक हुन्छ। घर तथा बगैँचामा गुलाफ फुलाएर सुन्दरतालाई नै मनमोहक बनाउन सकिन्छ। बिहानी पख मोतिका दानाजस्ता शीतका थोपा गुलाफको थुँगामा लुटुपुटु गर्दा मनै आनन्द बनाइदिन्छ।

भ्यालेन्टाइन डेको नाममा फूल भित्रिने क्रम बढ्दो छ।

यो साता भ्यालेन्टाइन डे मौसम चलिरहेको छ। कहिले चकलेट त कहिले हग डे त कहिले रोज डे। सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा यति फूल आयात भयो भनी निकै चर्चा चलिरहेको छ। बर्सेनि भारतबाट यो समयमा गुलाफ फूल व्यापक मात्रामा नेपाल भित्रिने गरेको छ।

देशविदेशका कथामा ‘गुलाफसँगको प्रेम’

अष्ट्रेलियामा बस्दै आएकी साहित्यकार संगीता स्वेच्छाले ‘गुलाफसँगको प्रेम’ नामक कथा संग्रह पाठकमाझ ल्याएकी छन् । संग्रहमा परदेशमा बसेका नेपालीको कथासँगै स्वदेशबाट विदेश गएपछि सांस्कृतिक, पेसा तथा जीवनमा आउने रूपान्तरणको चित्रलाई कथात्मक रूपमा समेटिएको छ ।

गुलाफ र उनी

टकटक गर्दै उनी गएको सङ्केतस्वरूप बजेको जुत्ताको आवाज बिस्तारैबिस्तारै वातावरणमा बिलाउँदै गयो । पूर्णरूपमा फक्रेको कमलको फूलजस्तो उनको मुस्कान भने यतै कतै छरिइरह्यो मेरो कोठाभरि, अझ उज्यालो आभा बनेर । मुस्कानको मीठो आलोकमा म मुस्काइरहेको थिएँ उनले हातमा राखिदिएको औषधी र रातो गुलाफ बोकेर । म फूलको सोखिन, उनी जब पनि हरेकपटक एउटा ताजा गुलाफ उनको हातमा हुन्थ्यो मेरा लागि । जसबाट सुन्दरताको दिव्यता र हलुका सुवास पोखिइरहेको हुन्थ्यो । अनौठो नाता थियो गुलाफसँग मेरो । कति चाँडै बितेछन् दिनहरू मलाई गुलाफको बानी परेको पनि । कति चाँडै दशकौँ बितेछन् उनी मेरो जीवनको अङ्ग भएको पनि ।

‘भ्यालेन्टाइन डे’मा १ करोड २५ लाखको गुलाफ आयात हुने

यस वर्षको प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’का लागि भारतबाट १ करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो।

झर्यो पहेंलो गुलाफ

साहित्यकार प्रेमा शाहको बिहीबार अमेरिकास्थित साल्ट लेकमा निधन भएको छ । ७५ वर्षीया शाहको उपचारका क्रममा इन्टर माउन्टेन हस्पिटलमा निधन भएको हो । शाह छोरी जल शाहको परिवारसँगै अमेरिकामा बस्दै आएकी थिइन् । जल शाह ५० दशककी चर्चित अभिनेत्री हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्