मानव अधिकार तथा शान्ति समाजले काठमाडौँस्थित रुसी राजदूतावास अगाडी प्रदर्शन गरेको छ।
सन् २०२२ को फेबु्रअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेको दुई वर्ष पुग्दा पनि हालसम्म जारी युद्धमा कैयन नेपालीहरू पनि मारिएकोमा समाजले सोमवार विरोधसहित प्रदर्शन गरेको हो।
समाजले रुसी सेनामा भर्ती भएका एक दर्जन बढी नेपालीहरु युद्धमा मारिएको, केही युक्रेनको कब्जामा रहेको र एक सयभन्दा बढी नेपालीहरु वेपत्ता रहेको र सयौको संख्यामा रुसी सेनामा नेपालीहरु भर्ती भएको हुँदा उनीहरुको रक्षा र तत्काल युद्ध रोक्न भन्दै प्रदर्शन गरेको हो।
युक्रेनमाथिको आक्रमण बन्द गर्न र युद्धको कहालीलाग्दो सिलसिला तत्काल अन्त्य गर्न साथै नेपालीहरुलाई विभिन्न प्रलोभन दिएर रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न रुसलाई आग्रह गर्दै समाजका अध्यक्ष कृष्ण पहाडीको नेतृत्त्वमा काठमाडौँस्थित रुसी राजदूतावास अगाडि विरोध प्रदर्शन गरिएको हो।
हेरौँ तस्बिरमा प्रदर्शनका केही झलकहरुः





प्रकाशित: २२ माघ २०८० १४:१० सोमबार