१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चितवनमा जिप दुर्घटना, ११ जना यात्रु घाइते

चितवनमा जिप दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्।

इच्छाकामना गाउँपालिका– ३ फिस्लिङनजिक पृथ्वी राजमार्गमा कुरिन्टारतर्फ आउँदै गरेको प्र३–०१ –०२३ च ३८२ नम्बरको हाइलेक्स जिप शुक्रबार साँझ सवा सात बजे पल्टिँदा जिपमा सवार ११ जना यात्रु घाइते भएका हुन्।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा अधिकांश इच्छाकामना गाउँपालिकाका छन्।

भरतपुर महानगरपालिका १५ फूलबारीका सुदर्शन गुरुङ गम्भीर घाइते भएका छन्। टाउको र हातमा चोट लागेका गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

इच्छाकामना गाउँपालिका– ३ की १९ वर्षीया निरिषा गुरुङ, सुदिप गुरुङ, २० वर्षीय एन्जिस गुरुङ, १५ वर्षीया मनिता गुरुङ, १३ वर्षीया एनी तामाङ, २० वर्षीया अन्जिता तामाङ, २१ वर्षीया सरस्वती तामाङ, १६ वर्षीया खुसी तामाङ घाइते भएका छन्।

उनीहरूको उपचार जनता केयरमा हुँदै छ। सोही ठाउँका १५ वर्षीया एलिसा गुरुङ, १४ वर्षका सुजन गुरुङ घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

यस्तै जिप चालक सोलुखुम्बुस्थित दुधकुण्ड नगरपालिका ११ का  अर्जुन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २० माघ २०८० ०९:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App