१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

को-को जाँदैछन् विदेश बाँदर बन्ध्याकरण तालीममा ?

फाइल तस्बिर
बाँदर नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी अध्ययन तथा अवलोकन गर्ने नाममा आगामी फागुनको पहिलो साता सांसद तथा कर्मचारीहरूको एउटा ठूलो टोली भारत भ्रमण गर्न लागेको छ। उक्त टोली करिब एक हप्तासम्म भारतको हिमाचल प्रदेशको सिम्लामा बस्ने भएको वन मन्त्रालय स्रोतको भनाइ छ।
 
उक्त टोलीका सदस्यहरूले बाँदर नियन्त्रण सम्बन्धी त्यहाँको सरकारले अपनाएको प्रविधि बारेमा अध्ययन गर्ने भएका छन्। उक्त टोलीमा चितवन राष्ट्रिय निकुञ्जका अछय चौधरी, शुक्लाफाँटा कञ्चनपुरका पुरनदेव मिश्र, लाङटाङ निकुञ्जका निरेन्द्रकुमार सिंह, शिवपुरी निकुञ्जका दिपककुमार सिंह, तथा बर्दिया निकुञ्जका खिमराज वली सहभागी हुने भएका छन्। यसैगरी उक्त टोलीमा कृषि मन्त्रालय मातहतका १० जना भेटनरी डाक्टर पनि सहभागी हुने छन्।
 
यसैगरी बाँदर नियन्त्रणसम्बन्धी भारत जाने सांसदहरूको टोलीमा अनिशा नेपाली, अमृतलाल राजबंशी, अशोककुमार चौधरी, कुसुमदेव थापा, गंगाप्रसाद यादव, दिक्पालकुमार शाही, रुपा सोसी चौधरीले संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिलाई नाम टिपाएका छन्।
 
त्यस्तै उक्त टोलीमा बिजुला रायामाझि, निरनबहादुर बलायर, सरस्वती सुब्बा, सुर्यकुमार श्रेष्ठ, सोनु मुर्गु, नवलकिशोर साह, सुडि, बिनिता कठायत, मिना तामाङ, योगेन्द्र मण्डल र रुपा विक रहेका छन्। उक्त समितिले सांसद तथा कर्मचारीहरूको टोलीलाई भारत भ्रमण गराउन लागेको हो।

प्रकाशित: १९ माघ २०८० १३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App